Friday, April 29, 2011

उ स्वर्ग पुग्यो म अफिस

उनीहरू यो दुनियाँमा कसैले नगरेको काम गर्न पुग्नु छ। त्यसैले बेस्मारी कुदाएको छ मोटरसाइकल। मानौ उसलाई जति हतार कसैलाई छैन। यसको यो दौडाई हेर्दा पाखा लागेर बसुँ। विरामी लिएर दौडेको एम्बुलेन्स पनि यतिविध्न कुद्दैनन् काटमाठैंका सडकमा। १ सय ५० सिसिको मोटरसाइकल काठमाडौंको व्यस्त सडकमा पनि ९० किलोमिटर प्रतिघण्टाको दरले चलाएको छ।
म साथीहरूसँग तीनकुनेमा चिया खाएर कोटेश्वर जाँदै थिएँ। फुत्त मेन सडकमा मोटरसाइकल मोडेर कोटेश्वरतिर लाग्दै थिएँ। पछाडी ठूलो आवाज आयो। मिररबाट हेरेँ। जगल्टे दुइ जना निलो पल्सरबाइक उडाएर ल्याइराखेका छन्। मलाई नी उसको हावाको झोंकाले लडाउला जसरी। अघि अघि लाग्यो। म पछि पछि। निकै स्पिडमा दायाँबायाँ गर्दै चलाएको देखेँ मैले। किन यस्तरी चलाएको होला। आफैले आफैलाई प्रश्न गर्दैछु म।
हेर्दा कलेज पढ्ने जस्ता थिए यी दुई। चलाउने कपाल पालेको। हेर्दै दादा। मैले सोँचे यिनीहरू यो बेलुकी कता र केकाममा हतारिएका होलान्? सोँचे पक्कै बटुवा वा अरु गाडीमा चढेकलाई आकिर्षत गरेर हिरो बन्न र वा! क्या खतरा चलाएको यो केटोले भनेर भन्दिन्छन् भनेर स्पिडमा मोटरबाइक चलाएका होलान्।
म यस्तै कुरा खेलाउँदै ४० को स्पिडमा चलाउँदैछु। कहिलेकाही त रिस पनि उठ्छ यस्ता आवारासँग। आफूले सही तरिकाले चलाएपनि यिनैका कारण आफू पनि दुर्घटनामा परिन्छ। उनीहरू त मर्छन् मर्छन्। अरुलाई समेत मार्छन्।
तीनकुने पुग्नै लागको थिएँ। कतै अनकन्ट्रोल ब्रेक लगाएको सुनेँ। अनि आँखै अगाडी दायाँबायाँ गर्दै निलो पल्सर ढल्यो। डिभाइडरमा ठोकियो। हत्तपत्त पछाडीका गाडीले पनि ब्रेक लगाए। मैले पनि लगाएँ। एकैछिनमा मान्छेको भिड जम्मा भए। कराउन थाले। कोही ट्याक्सी ले भन्दै थिए। कोही के भएछ भन्दै रमिता हर्न छिर्दै थिएँ। हस्पिटल लैजानु पर्‍यो। उ उटात चल्मलाइ राखेको छ भनेर भनदै थिए। म पनि बाइक साइड लगाएर हुलमा गएँ।
यस्सो हेरेँ यि लडेका दुइजना त त्यही जुुम्ले केटाहरू पो रहेछन् जो अघि हतारिएर कुदेका थिए। मेरो मनमा चिसो पस्यो। त्यस्ले चलाएको बाइक रिवाइन्ड गरेँ। सोचेँ आखिर विस्तारै गएको भए त केही हुन्नथ्यो नी । म शकुसल नै आएँ।
बाइक चलाउने केटाको मुखबाट ह्वालह्वाली रगत बग्दै थियो। उ ठामको ठाम मर्‍यो। पछाडी बस्नेचाही अलिपर उछिट्टिएर छट्पटाउँदै। मैले त्यो विभत्स दृश्य हेर्न सकिनँ।
फेरी म अफिसमा पेज बनाउन आउनुपर्ने थियो। त्यताबाट मोडिएर म सुन्धारातिर लागे। अनि मनमनै सोचेँ। त्यसैले भनिएको रेहछ चाडो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ।
बाटोमा अनेकन कुरा खेल्न थाल्यो। एक मन कहिल्यै बाइक नचलाउँ कि भन्ने पनि लाग्यो। फेरी गाडी नि त यस्तैगरि कति दुर्घटनामा परेका छन्। अन्तिम निचोड निकाले मैले म आफिस पुगेँ उ स्वर्ग!

No comments: