Thursday, June 7, 2012

कम लागतमा ठेक्का सकार्दा आयोजना अधुरै

छ महिनायता कम लागतमा ठेक्का लिने ९० वटा साना तथा मझौला आयोजनाका ठेकेदार काम छाडेर भागे

विष्णु पोखरेल/कञ्चन अधिकारी
काठमाडौं, जेठ २२

विद्युतीय माध्यम (ई–टेन्डर) बाट कम लागतमा ठेक्का लिएका व्यवसायीले काम गर्न नसकी बीचमै छाड्दा सरकारले महŒवसाथ अघि बढाएका आयोजनाहरू अधुरै छन्।

ई–टेन्डर सुरु हुनुअघि व्यवसायीहरू मिलेर धेरै रकम नछोडी ठेक्का लिने गर्थे। यसबाट उनीहरूलाई प्रशस्त मुनाफा हँुदै आएको थियो। ई–टेन्डर सुरु भएपछि मिलेर टेन्डर हाल्ने अवस्था छैन। व्यवसायीहरू आपसी प्रतिस्पर्धाका कारण २५ देखि ४० प्रतिशतसम्म कम रकममा टेन्डर हाल्ने गर्छन्। पछि घाटा लाग्यो भन्दै बीचमै आयोजना छाड्छन्।

छ महिनायता मात्रै कम लागतमा ठेक्का लिने ९० वटा साना तथा मझौला आयोजनाका ठेकेदारहरू काम छाडेर भागेको भौतिक योजना तथा निर्माण सचिव तुलसी सिटौलाले जानकारी दिए। मन्त्रालयले सूचना निकालेपछि केहीले सम्पर्कमा आएर फेरि काम थाले पनि धेरै सम्पर्क बाहिरै रहेको उनले बताए।

Friday, June 1, 2012

सभा भवन मर्मतमा १२ करोड

चार वर्षसम्म संविधानसभा बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन मर्मतसम्भार गर्न करिब १२ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। यस अवधिमा सुरक्षालगायत कारण देखाउँदै एकचोटि पनि भवन मर्मत गर्न दिइएको थिएन।

यहाँका अधिकांश टेबल, कुर्सी काम नलाग्ने भएका छन्। धेरै कोठाको एयर कुलर बिग्रेको छ। भवन र कोठाहरू रंगरोगनमै ठूलो खर्च लाग्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले जनाएको छ।
…चार वर्षदेखि मर्मतसम्भार गर्न दिइएको थिएन, कुनै पनि सामान फेरबदल र रंगरोगन गर्न पाएका छैनौं,' समितिका कार्यकारी निर्देशक रामलाल तुलाधरले नागरिकसँग भने, …कहिले सुरक्षाको कारण देखाएर कामदारलाई भित्र छिर्न दिइएन, कहिले बैठक बस्ने भनेर काम गर्न पाइएन।'
समयमै मर्मत भइदिएको भए थोरै पैसाले पुग्ने उपकरणलाई पनि अब धेरै रकम खर्चिनुपर्ने अवस्था छ। बिग्रेका उपकरण मर्मत र नयाँ फेर्नलाई मात्र १० करोड रुपैयाँ लाग्ने तुलाधरले जानकारी दिए। उनका अनुसार केन्द्रमा रहेका चारवटा चिलर, एसी, दुइटा ब्वाइलर, आगो नियन्त्रक सूचक यन्त्र कामै नलाग्ने भएका छन्। आगो नियन्त्रक सूचक यन्त्र परीक्षण गरिएन भने स्वतः बिग्रन्छ। एसी पनि एकै दिन लामो समय चलाउँदा बिग्रेको छ।