Thursday, April 19, 2012

फस्ट डिभिजन

असार १७ गते। …यो रेडियो नेपाल हो,' प्रविण गिरीबाट बिहान सातबजेको समाचार सुन्नुहोस् …विद्यार्थीको फलामे ढोका मानिने एसएलसीको नतिजा आज प्रकाशित भएको छ।

अघिल्लो दिन आली काटेर र बेलुकी सापेको एक थुन्से मकैको भारीले होला बिहान अबेर सम्म निदाइएछ। ओछ्यानमै घाम छिप्पिसकेछ। …कान्छा, ओइ कान्छा उठ है चिया खान।' निन्द्रामै हुँदा आवज आयो। म झसंग ब्यूझेँ। हजुरआमाले पो बोलाउनुभएको रेहछ।
असार मास बिहान साढे पाँच बजे नै चरक्क घाम चर्केको। तलतल फाँटबाट कुहिरो घरतिर आउँदै थियो। म ज्यान तन्काएर आँखा मिच्दै तल ओर्ले। हजुरआमा बाहेक कोही हुनुहन्नथ्यो। …बाआमा कता जानुभो त?'
…बाउ बेसी गा'छ। आमा घासकाट्न। भोलीदेखि रोपाईं सुरु गर्ने रे। हजुरबा खेताला खोज्न जानुभएको छ,' हजुरआमाले ठूलो गिलासमा आधा भन्दा बढि चिया दिँदै भन्नुभयो। सानोमा मलाई चिया निकै मनपर्थ्याे। थोरै हुनेवित्तिकै रोइहाल्थेँ। त्यसैले हजुरआमाले मलाई चिया दिँदा गिलासमा धेरै राखेर दिने गर्नुभएको थियो। भन्नुहुन्थयो, …यो त चियाको फेदमै जन्मेको जस्तो।'
२०५७ सालको असार। एसएलसी दिएर बसेको थिएँ म। त्यतिबेला असारको दोस्रो वा तेस्रो सातामा एसएलसीको रिजल्ट हुन्थ्यो। आज रिजल्ट भयो कि भन्दै बिहान उठ्ने वित्तिकै सबैभन्दा पहिला रेडियो नेपालको समाचारमा सुन्थेँ। ला आज पनि भएनछ। भोली त होलाकी। म हप्तादिनदेखि यसै भन्दै घास काट्न जान्थेँ।
...
असार १७ गते। …यो रेडियो नेपाल हो,' प्रविण गिरीबाट बिहान सातबजेको समाचार सुन्नुहोस् …विद्यार्थीको फलामे ढोका मानिने एसएलसीको नतिजा आज प्रकाशित भएको छ। सिद्धार्थ बनस्थलीकी सुम्निमा सिंह प्रथम श्रेणीमा प्रथम भएकी छिन्।' पहिलो श्रेणीमा यति पास भए, दोस्रोमा यति र तेस्रोमा यति रेडियो नेपालबाट समाचार आयो।

मेला तथा प्रदर्शनी बढ्यो


बेफुर्सदिला सहरी उपभोक्तालाई चारैतिर दौडन नपर्ने गरी चाहेको सामान एकै ठाउँमा उपलब्ध गराउन मेला महोत्सवले सहयोग गरेका छन् 

राजधानीमा पछिल्लो समय मेला तथा प्रदर्शनी गर्ने चलन बढेको छ। खानेदेखि लगाउने, हिँड्नेदेखि गुड्ने, शिक्षादेखि सूचना प्रविधिसम्मका जानकारी दिन र व्यवसाय बिस्तार गर्न व्यवसायीले विभिन्न नाम दिएर मेला तथा प्रदर्शनी आयोजना गर्ने गरेका छन्। विगतका वर्षमा भएका प्रदर्शनीभन्दा यो वर्ष १० प्रतिशतले प्रदर्शनी आयोजना बढेको मेला तथा प्रदर्शनी आयोजक बताउँछन्।
काठमाडौंको भृकृटीमण्डप, युनाइटेड वर्ल्डट्रेड सेन्टर, सिटीसेन्टर, राष्ट्रिय सभा गृहमा प्रदर्शनी तथा मेला हुने गरेका छन्। दैनिक उपभोग्य वस्तु, सवारीसाधन, सूचना प्रविधि, शिक्षा र सजावटमा धेरै मेला हुने गरेको भृकुटीमण्डप सञ्चालन कार्यालयका सहायक द्वितीय सुन्दरश्याम श्रेष्ठ बताउँछन्।