Monday, September 26, 2011

घमाइलो घलेगाउँ

म लगलग काँपिरहेको देखेर तिनले आफ्नो पछ्यौरा मतिर बढाउँदै भनिन्, …लौ ओढ्नुस््।'
पुमाको डाँडोबाट घामले नेटो काटिसक्यो। सबैलाई आ–आफ्नो गुँडमा जाने हतारो। सदरमुकाम बेसीसहरको पुरानो राष्ट्र बैंक चोकमा मानिस भेला भएका थिए। त्यो हुल घलेगाउँ जाने गाडीको पर्खाइमा रहेछ। म पनि त्यतै जान लागेको। मिसिएँ त्यही हुलमा।

काठमाडौंबाट दिउसो २ बजे पुगेको म, गाउँ जाने गाडी कुर्दाकुर्दै साँझको ६ बज्यो। गाडीमा ठेलमठेल थिए यात्रु। फोरह्वील ड्राइभ मात्रै कुद्छन् त्यता। त्यसैले दोस्रो विश्वयुद्धका लागि तयार पारिएको बलियो गाडी महिन्द्रामा चढेँ म पनि। जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि गुड्न सक्ने गाडी। हिँडेर गए ६ घण्टामै पुगिन्छ, गाडीमा चाहिँ साढे दुइघण्टा लाग्ग्दोरहेछ घलेगाउँ पुग्न।

हामी १६ जना यात्रु थियौं। धेरै अनुरोधपछि बल्ल–बल्ल गाडी मिल्यो ३५ सय रुपैयाँ रिजर्भमा। रिजर्भमा जाँदा बढी पैसा तिर्नुपर्ने डरले तयार भएनन् यात्रु। रिजर्भबिना गुरुजी नजाने। गाडी जान नमान्नुको कारण रहेछ भाडाको। स्थानीय युवा पैसा नदिई गाडीबाट भाग्दारहेछन्, त्यसैले पो गुरुजी डराएका।

सबैको अनुहार हेरेपछि टिठ लागेर हो कि पैसा कमाइन्छ भन्ने दाउले कन्डक्टरलाई भाडा उठाउन उर्दी गरे। …ल सबैले पैसा दिनुस् त। बाटोमा पुगेर कचकच गर्न नपरोस्। घले गाउँसम्मको भाडा दुई सय।'

सवा ६ बजे गुरुजीले गाडी स्टार्ट गरे। कस्तो फसाद राति साढे ८ बजे मात्रै पुग्ने भइयो। त्यतिबेला पुगेर कहाँ बास बस्ने? मन आत्तियो।

ग्ााडीको दायाँबायाँ, तलमाथि टेक्ने ठाउँ छैन। एक जना बस्ने अगाडिको सिटमा हामी तीन जना कोचिएका छौं। गुरुजीलाई गियर लगाउनसमेत मुस्किल पर्थ्यो।

हरित सडकमा गुड्यो जिप। यता र उता ढलपल–ढलपल गर्न थालेको छ गाडी। गाडी नै उडाउलाझैं गरी जोडले हावाहुरी चल्न थाल्यो। जिपको हुटमा बस्नेको के हाल भइरहेको होला? बाटो हेर्दै डर लाग्ने। तल हेर्‍यो छङगाछुर भिर। माथि टोपी खस्ने पहाड। यस्तो अस्जिलो बाटोमा पनि २० किमी प्रतिघण्टाको रफ्तारमा हुँइकिएको छ गाडी।

उचाइसँगै चिसो पनि बढ्दैछ। काठमाडौंमा जस्तै उखरमाउलो गर्मी होला भनेर टिसर्ट र जिन्स पाइन्टमा झिल्के बनेर गएको म। जनविकास उच्च मावि बेसीसहरमा सामाजिक शिक्षा पढाउने शिक्षिका यशोदा श्रेष्ठ आडैमा थिइन्। म लगलग काँपिरहेको देखेर तिनले आफ्नो पछ्यौरा मतिर बढाउँदै भनिन्, …लौ ओढ्नुस््।'

गाउँको पुछारमा जिपबाट ओर्लंदा साढे आठ बजिसकेको थियो। जुनेली रात भएकाले बत्तीको सहारा चाहिएन। छरितो ज्यान भएकाले म फटाफट उकालो चढिरहेको छु। सँगैका साथीहरू भने स्याँस्याँ गर्न थालिहाले। एकबहादुर रानाले यशोदा र करिश्मालाई छेड हान्न भ्याइहाले, …ब्रोइलरहरू हिँड्न सक्दैनन्।'

घलेगाउँको मुखमा गाउँलेहरू हाम्रो स्वागतमा उभिएका रहेछन्। जुनेली रातमा कसैको अनुहार खुट्याउन सकिएन। …सबैलाई नमस्कार अनि स्वागत छ है,' एकै स्वरमा उनीहरूले भने। हामीले पनि टाउको निहुर्‍यायौं। हामी सिरसिर हावा चलेको चौतारीमा टुसुक्क बस्यौं। यही नै रहेछ घलेगाउँ छिर्ने गेट। विदेशी पर्यटकले यहीँ पैसा तिर्नुपर्छ।

लमजुङको उत्तर कन्या गाविसमा पर्छ घलेगाउँ। समुद्री सतहबाट २१ सय मिटर माथि पर्छ। स्वागतमा उभिएका प्रेमबहादुर घलेले लिएर गए पाहुना घरमा। होटल, रेस्टुँराको सुविधा छैन, चालीसवटा पाहुना घर छन् गाउँमा। कुन घरमा बस्ने हो भन्ने यकिन पर्यटन समितिले गर्छ। एउटा घरमा दुई जना भन्दा बढी पाहुना राखिँदोरहेनछ। प्रेमबहादुर भन्छन्, …होटल चलाउन दिए एउटैले पैसा सोरेर लैजान्छ। होम स्टे गराए गाउँलेको आम्दानी हुन्छ।'

मेरो रुम पार्टनर बने एकबहादुर। दोहोरी रेस्टुरेन्टका मालिक हुन् उनी। बोतलको चुस्की नलगाई निद्रा नपर्ने रहेछ उनलाई।

रातको नौ बजिसकेको थियो। घरभेटी यमुना गुरुङले चिया टक्र्याइन्। गुन्द्रीमाथि राडीमा बसेर चियाको चुस्की लगाउन थाल्यौं। उनी आजै मात्र स्थानीय विद्यालयकी …हेडमास्टर' भएकी रहिछन्। मौकाको फाइदा उठाउँदै भनिहालेँ, लौ बधाई छ, भोज ख्वाउने होइन?
बाठी रहिछन् तिनी, नाकको चस्मा माथि सार्दै भनिन्, …यही चियालाई भोजका रूपमा स्विकार्नुस्।'

दाइ सितनचाहिँ के नि?
…के पाइन्छ?' एकबहादुरले सोधे।
जे खाए पनि छ । कुखुरा, भैंसी र खसीको मासु।
…कुखुरा काटौं न त,' एकबहादुरले मुख मिठ्याए।

यहाँ बियर, ह्विस्की केही पाइँदैन। लोकल रक्सी मात्र हो। घलेगाउँ जानुको मजा पनि यही हो, सबै खानेकुरा स्थानीय। …भाइ आजबाट खान सुरु गरौं न त,' नारेपाको गिलास ओठतिर पुर्‍याउँदै यशोदाले मलाई भनिन्।

यमुनाचाहिँ दिउसो महोत्सवमा पेट मिचीमिची हाँसेको क्षण सम्भि्करहेकी थिइन्। कलाकार मनोज गजुरेलले नयाँ नेपालको गफ दिने नेताहरूलाई व्यंग्य गरेर दिनभर हँसाएछन्। ढिलो पुगेकाले हामीले हाँस्न पाएनौं।

हामी बसेको घरमा बुढाबुढी मात्रै बस्दारहेछन्। छोराबुहारी काठमाडौं पसेका। सुत्ने कोठामा ओढ्ने–ओछ्याउने सफा रहेछन्। सजिलै निदायौं।

बिहानी सूर्यको किरणले सुनौला देखिने हिमालका फोटा खिच्ने मेरो सपना। त्यसैले पौन ६ बजे उठेँ र क्यामेराको लेन्स सोझ्याएँ अन्नपूर्ण हिमालतिर। एन्टिलाइट परेकाले मनास्लुको चाहिँ फोटो खिच्न पाइनँ।

बिहानको नास्तास्वरूप अन्डा, झिलिङ्गा, सेलरोटी र चिया बन्दोरहेछ। खायौं।

अब गाउँ घुम्ने पालो। म पछिलागेँ लिलबहादर घलेको। उनी इन्डियन आर्मीका पेन्सनर। साँच्चै गाउँको नाम किन घले राखिएको होला? लिलबहादुरले एकछिन सोचे र भने, …पहिला यो ठाउँमा जंगल मात्रै थियो। १४१७ तिर सिस्यौरा घलेले बसाइ बसाएकाले घलेगाउँ भन्न थालियो।'

एक सय १६ घरधुरी छन् यहाँ। जनसंख्या सात सय। युवाजति सहर पसेका। बुढाबुढी र बालबालिका मात्रै छन् गाउँमा। राम्रा–राम्रा युवाको तस्बिर खिच्ने मेरो रहर अधुरै हुने छाँट देखियो।

गाउँबाट लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल देख्न सकिन्छ। मौसम खुलेका बेला फेवाताल र धौलागिरी हिमालसमेत देखिने बताए गाउँलेले।

एउटा सुखद खबर, गाउँमा प्लास्टिक निषेध गरिएको छ। सरसफाइमा ध्यान दिइएको छ। बाटोमा ढुंगा ओछ्याइएको छ। बर्खामा हिलो हुने डर छैन।

नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी (स्याङ्जा) हो। दोस्रो नम्बरमा आउँछ घलेगाउँ। गाउँ घुम्दाघुम्दै ११ बजिसकेछ। दोस्रो दिनको कार्यक्रम सुरु हुनै लाग्यो। लोकभाका घन्कियो स्टेजमा। राजु परियार र करिश्मा रानामगरको दोहोरीमा लठ्ठ पर्‍यौं हामी।

बिजुली पुगेको छैन गाउँमा। प्रायः घरमा सोलार राखिएको छ। महोत्सवअघि बत्ती बाल्ने योजना विद्युत् प्राधिकरणले ट्रान्सफर्मर नदिएकाले पुरा हुन सकेन। त्यसको सिकार भएँ म पनि। क्यामेराको ब्याट्री सकियो। कस्तो नमज्जा! कार्यक्रममा भेला भएका युवतीको फोटो खिच्नै पाइनँ। अब अर्को वर्ष खिचौंला तिनको तस्बिर।

Sunday, September 25, 2011

राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाले यसरी कभर गरे बुद्ध एयरको जहाज दुर्घटनाको समाचार

आइतबार बिहान ७ बजेर ३१ मिनेट जाँदा बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलसँग सम्पर्क टुट्यो। कता गयो कता। एकैछिनमा समाचार आयो ललितपुर जिल्लाको कोट डाँडा भन्ने ठाउँमा गएर ठोक्कियो । सो जहाजमा १९ जना यात्रु सवार थिए। सबैको मृत्यु भयो। दुखदायी घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्छु। फेरी अब समाचार हेरियो। जता हेरे पनि कि न्युज फ्ल्यास त कतै ब्रकिङ न्युज भनेर आएको आयै। भारतीय न्युज च्यानलले पनि यसलाई ब्रकिङ न्युज भनेर प्रसारण गरे। अब यो दुर्घटनालाई कसैले ठूलो दुर्घटना भने कसैले सानो जहाज दुर्घटना भनेर लेखे। लौ हेर्नुस् त कुन मिडियाले कसरी प्रकाशन र प्रसारण गरे सिएनएनसिएनएन Police: 19 killed as small plane crashes in Nepal CNN September 25, 2011 -- Updated 0811 GMT (1611 HKT) Onlookers and rescuers are seen near the wreckage of the aircraft in Lalitpur, on the outskirts of Kathmandu, on September 25. STORY HIGHLIGHTS • NEW: Among the victims are two Americans and a Japanese national • The plane was returning from a sightseeing tour, police say • It hit a mountain and broke into pieces, a police spokesman says Kathmandu, Nepal (CNN) -- Nineteen people aboard a small plane were killed Sunday when it crashed while trying to land at the airport in Kathmandu, police in Nepal said. Among the occupants onboard were two Americans, officials said. The Beechcraft plane was returning from a sightseeing tour when it hit a mountain and broke into pieces about 12 kilometers (7 miles) from the airport, said police spokesman Binod Singh. It was carrying 16 passengers and three crew members. The crew members were Nepalese, as were three passengers. Ten other passengers were Indian nationals; two were Americans and one was a Japanese national, officials said.Tourash in Nepal "We had already seen the plane approaching the airport when the accident happened," said Purusottam Shakya, the chief of operations at Tribhuvan International Airport. In August, a plane headed to Mt. Everest on a sightseeing tour crashed, killing 14 people onboard. Among the victims were four Americans and a British national, officials said at the time. 4m B BC Nepal tourist plane crashes near Kathmandu killing 19 Witnesses said the plane was on fire and broke up as it fell Continue reading the main story Related Stories • Nepal plane crash bodies found • Nepal crash data recorders found • Tourists die in Nepal air crash A small plane has crashed in Nepal killing all 19 people on board, officials say. The Buddha Air plane was carrying 16 tourists to view Mount Everest and other peaks and was returning to the Nepalese capital. One person was rescued alive and taken to hospital but died of his injuries. Tourism Secretary Ganeshraj Joshi said there had been 10 Indians on board, two Americans, a Japanese citizen and six Nepalis, including the three-man crew. The privately-operated Beechcraft-made 1900D aircraft lost contact with the control tower at 07:31 (02:46 GMT) local time. The cause of the crash is still being investigated. Local TV stations reported that witnesses saw flames coming from the plane just before it went down in foggy weather in Godavari, several kilometres from Kathmandu. One eyewitness said the plane had hit the roof of a house in Bisankunarayan village before breaking up. Police spokesman Binod Singh told Reuters that all the bodies had been recovered by ground search teams but that bad weather had prevented helicopters from landing. "Once the helicopters land, we'll bring all bodies to Kathmandu and take them to the Teaching Hospital for post-mortem," he said. Aviation accidents involving small aircraft are not uncommon in mountainous Nepal. Last December, all 22 people travelling in a small passenger plane were killed when it crashed east of Kathmandu. In August 2010, a plane heading for the Everest region crashed in bad weather killing all 14 people on board, including four Americans, a Japanese national and a British national. Do you have any information you can share with the BBC? Do you know people who might have been on the plane? Send us your stories using the form below. AFP AGENCE FRANCE-PRESSE A Buddha Air Beechcraft 1900D aircraft prepares to take off early morning at Kathmandu's Tribhuvan International Airport in this April 24, 2010 file photo. A Beech aircraft owned by Buddha Air with 19 people on board, most of them foreign tourists returning from a trip to view Mount Everest, crashed in bad weather near Kathmandu on Sunday, government officials said. Photograph by: Tim Chong/Files, REUTERS Kathmandu — An airplane taking tourists on a morning sightseeing trip around Mount Everest crashed into a hillside near the Nepalese capital Kathmandu on Sunday, killing all 19 people on board. The Buddha Air Beechcraft plane, carrying 10 Indians, two Americans, one Japanese citizen and three local passengers, came down in heavy rain and fog at Godavari, around 10 kilometres from Kathmandu. The three Nepalese crew also died in the accident as the plane smashed into wooded slopes, leaving the fuselage broken into several pieces. "All 19 people have died. The Buddha Air-103 was returning from a mountain flight when it crashed into Kotdada Hill," Bimlesh Lal Karna, head of the rescue department at Tribhuwan International Airport, told AFP. Police spokesman Binod Singh said one person had initially survived the crash but had died in hospital. "The rescue efforts have been hampered by heavy rain," he added, confirming the nationalities of the passengers, although no further details about them were immediately available. Airport authorities on the ground lost contact with the plane at 7:30 am and it crashed four minutes later. Local television stations reported that witnesses saw flames coming from the aircraft just before it crashed. "The plane was flying very low. We were surprised. It crashed into the hill and there was a huge explosion," a witness told the Avenues Television news channel. "We climbed for one-and-a-half hours without taking rest to reach the crash site," he said. "Human body parts were visible." Buddha Air, a private airline based in Kathmandu, was not immediately available for comment but was due to release a statement later. The company offers a 8,240 rupee ($140) "Everest Experience" package, taking tourists from Kathmandu and flying them around the world's tallest mountain and surrounding peaks. The Buddha Air website describes the Beechcraft as the "safest plane operating in the domestic sector". It adds that early morning flights are scheduled to take advantage of better weather conditions before winds blow up snow plumes that can obscure the Himalayan panorama. The one-hour flights are popular among tourists, and several companies offer daily trips to view the 8,848 metres Everest summit. But aviation accidents are relatively common in Nepal, particularly during the summer monsoon, when visibility is often poor. In December last year, a Twin Otter plane carrying three crew and 19 passengers smashed into a mountainside shortly after taking off from a small airstrip 140 kilometres east of Kathmandu. The passengers were mostly Bhutanese citizens on a religious tour of Nepal and had chartered the Tara Air plane to take them to a Buddhist holy site in the area. In November last year a helicopter crashed near Mount Everest during a mission to rescue two stranded climbers, killing the pilot and an engineer. Three months earlier, a plane headed for the Everest region crashed in bad weather killing all 14 people on board, including four Americans, a Japanese and a British national. Nepal has only a very limited road network and many communities, particularly in the mountains and hills, are accessible only on foot or by air. © Copyright (c) AFP Tourists plane crashes in Nepal, killing all 19 on board Economic Times - ‎31 minutes ago‎ KATMANDU: A plane carrying tourists to view Mount Everest crashed while attempting to land in Nepal on Sunday, killing all 19 people on board, officials said. Thirteen foreigners were among the victims, including 10 Indian nationals, two US citizens ... Nepal plane crash kills 19, including 2 Americans Atlanta Journal Constitution - ‎34 minutes ago‎ By BINAJ GURUBACHARYA AP KATMANDU, Nepal — A plane carrying tourists to view Mount Everest crashed while attempting to land in Nepal on Sunday, killing all 19 people on board, officials said. Nepalese rescue workers and civilians gather around the ... Everest tourists die in air crash Calgary Herald - ‎45 minutes ago‎ A small plane carrying foreign tourists to view Mount Everest crashed in bad weather near Nepal's capital Kathmandu early today, killing all 19 people on board. Kathmandu Airport officials said there were 16 passengers and a crew of three on board the ... Everest tour plane crash kills all 19 on board Vancouver Sun - ‎45 minutes ago‎ A Buddha Air Beechcraft 1900D aircraft prepares to take off early morning at Kathmandu's Tribhuvan International Airport in this April 24, 2010 file photo. A Beech aircraft owned by Buddha Air with 19 people on board, most of them foreign tourists ... 19 killed in Mount Everest plane crash The Independent - ‎52 minutes ago‎ A plane carrying tourists to view Mount Everest crashed while attempting to land in Nepal today, killing all 19 people on board. The turboprop plane belonging to Buddha Air was carrying 13 foreign tourists, three Nepalese passengers and three crew ... Nepal plane crash kills all 19 on board Sydney Morning Herald - ‎1 hour ago‎ AP A small aircraft taking tourists on a sightseeing trip around Mount Everest crashed in Nepal on Sunday, killing all 19 people on board, officials said. The Buddha Air Beechcraft plane carrying 10 Indian passengers, three other foreign tourists, ... All 54 related articles » Blogs Small tourist plane crashes in Nepal, 19 dead Baltimore Sun (blog) - ‎1 hour ago‎ KATHMANDU (Reuters) - A small plane carrying foreign tourists to view Mount Everest crashed in bad weather near Nepal's capital Kathmandu on Sunday, killing all 19 people on board, officials said. Kathmandu Airport officials said there were 16 ... Plane Crashes in Nepal, Kills All 19 On Board Voice of America (blog) - ‎2 hours ago‎ Aviation officials in Nepal say a plane carrying tourists to view Mount Everest has crashed, killing all 19 people on board. Authorities say one passenger initially survived the crash Sunday, but died later in a hospital. ... Plane with 19 people on board crashes in Nepal KTUL (blog) - ‎3 hours ago‎ AP National News Video More>> Asian carp for dinner? Illinois' proposed solution to the invasive species problem and hunger More>> Ga. executes Davis, who drew legions of supporters but found no court to throw out conviction More>> Protests continue ... All 3 related blogs » Kathmandu, Nepal . KBC News Tourists die in Nepal plane crash Written By:BBC, Posted: Sun, Sep 25, 2011 A small plane with 19 people on board, mostly foreign tourists, has crashed in Nepal, officials say. They say the Buddha Air plane lost contact with the control tower near Kathmandu airport. The plane was carrying 16 tourists to view Mount Everest and other peaks and was returning to the Nepalese capital. Three crew members were on board. Most of the tourists were Indian nationals, reports say. It is unclear whether there were any survivors. The Beechcraft-made aircraft lost contact with the control tower at 07:31 (02:46 GMT) local time. Local TV stations reported that witnesses saw flames coming from the plane just before it went down in foggy weather in Godavari, several kilometres from Kathmandu. "The plane was returning to Kathmandu from a mountain flight when it crashed," a rescue official was quoted as saying by Reuters news agency. The official, who spoke on condition of anonymity, added that rescuers had already reached the crash site. Unconfirmed reports say there were 10 Indian citizens on board the plane. An airport official was quoted as saying that one person survived the crash but this has not been officially confirmed. The cause of the crash is being investigated. Aviation accidents involving small aircraft are not uncommon in mountainous Nepal. Last December, all 22 people travelling in a small passenger plane were killed when it crashed east of Kathmandu. In August 2010, a plane heading for the Everest region crashed in bad weather killing all 14 people on board, including four Americans, a Japanese national and a British national

Friday, September 23, 2011

चन्द्रागिरीको उकालो काट्दा...

अड नमानी धित मरुन्जेल हाँस्नु, हल्ला गर्नु, सिठी बजाउँदै हिँड्नु, मन लागेजति पोजपोजमा फोटो खिच्दै हिँड्नु पनि हाइकिङको मजा हो
गर्मी मौसम। बिहान सातैबजे चिरिक्क छ घाम। सानो माइक्रोमा १५ जना खाँदिएर बस्दा खलखली पसिना छुट्ने। कलंकीबाट थानकोट गोदामका लागि हिँडेका हामीलाई गर्मीले आलसतालस पारिसक्यो।
माइक्रो भने चिसोले ग्यास पास नभएर स्टार्ट नै नहुने। एकछिन घ्यार्र अगाडि बढ्छ, फेरि रोकिन्छ। सरासर जाँदा १० मिनेटमा पुग्ने ठाउँ हामीलाई झन्डै एक घन्टा लाग्यो।
गाडीसम्मको गन्तव्य गोदाम। त्यसपछि हिँडेर चन्द्रागिरीको डाँडो उक्लने र डाँडैडाँडा मातातिर्थ झर्ने हाम्रो योजना। त्यसैले कलेजका मिल्ने साथी कलंकीमा जम्मा भएर गोदाम पुगेका।
गोदाम काठमाडौं सहरबाट केही टाढाको काँठे बजार। थानकोटबाट लगभग २ किलामिटर पश्चिम लागेपछि गोदाम पुगिन्छ। मोटर नचल्दा यही बाटोले तराई र काठमाडौं जोडेको थियो। तराईका मानिस काठमाडौं र काठमाडौंका मानिस तराई जाँदा यही बाटो हुँदै जान्थे। राजारजौटा हिँड्ने बाटो पनि यही भएको स्थानीय बताउँछन्। त्यसैले कुनै समय मुख्य व्यापारिक नाका थियो गोदाम।
चित्लाङ हुँदै हेटौंडा निस्कने छोटो बाटो पनि हो यही हो। तर मोटर चल्न थालेपछि शुन्यप्राय छ गोदाम। चित्लाङका बासिन्दा मात्रै यो बाटो आउजाउ गर्छन्।
...
गोदाममा केही सरसामान किनेर बिस्तारै उकालोतिर पाइला बढाउँदैछौं। १५ जनाको हुल बाटो नाप्दैछ।
यात्रामा जहिल्यै पनि समयको ख्याल गर्नुपर्छ। जुन आज हामीले गर्न सकेनौं। किनकि भनेको समयभन्दा झन्डै साढे एक घन्टा ढिलो यात्रा गर्दैछौं। समयमा निस्केनौं भने फर्कने बेला गाह्रो हुन्छ। हतार हुन्छ। रमाइलो गर्ने समय हुन्न। त्यसैले बिहान सातै बजे गोदामबाट चन्द्रागिरी उक्लने योजना बुनेको।
कलेजका मिल्ने साथीहरू भएकाले हामीलाई गफिन कुनै विषय चाहिन्थेन। जे देख्यो त्यहीमा गफिनुको मजा बेग्लै। अड नमानी धित मरुन्जेल हाँस्नु, हल्ला गर्नु, सिठी बजाउँदै हिँड्नु, मन लागेजति पोजपोजमा फोटो खिच्दै हिँड्नु हाइकिङको अर्को मजा हो। स्वतन्त्र हुन सकिन्छ यो बेला। स्वच्छ हावा त भइनै हाल्यो। हाइकिङ जाँदा मन मिल्ने र चिनेका साथी भयो भने अझै रमाइलो हुन्छ।
हाइकिङमा गति मिलाएर बिस्तारै हिँड्नुपर्छ। सुरुमै छिट्छिटो हिँडे दिनभर हिँड्न सकिन्न। बेथितिले हिँड्यो भने बीच बाटोमा नै अलपत्र पर्न सकिन्छ। …लौ है, बिस्तारै ताल मिलाएर हिँडौं,' मैले भनेँ। मुन्टो हल्लाएर सबैले …हुन्छ' को संकेत दिए।
घाम रापिलो हुँदैछ। भोक लागिसक्यो। पाइला बिस्तारै ओइलाउँदैछन्। …ब्रेकफास्ट लिउँ न,' पहिलोचोटि हाइकिङ गएकी उत्तरा घिमिरेले भनिन्। …निश्चित ठाउँ र समयमा मात्र खाजा/खाना खाइन्छ,' मैले भनेँ।
गोदामबाट अलि माथि उक्लेपछि दुइटा बाटो आउँछ। एउटा मान्छे हिँड्ने ठाडै उकालो। अर्काे मोटर गुड्ने। मान्छे हिँड्ने बाटो अलि गाह्रो छ। मोटरबाटो नबन्दा मान्छेहरू यही बाटो भएर हिँड्थे।
…लौ राजकुमार दिक्पाल हुने कि हरुवा!' बाटो बेलिविस्तार लगाउँदै भनेँ। सबैले राजकुरमार दिक्पाल हुने बताए। अनि सुरु भयो ठाडो उकालो। दायाँबायाँ झाडी। बीचमा सानो बाटो। लौरो टेक्दै उकालिँदैछौं।
काठमाडौंको धुलोधुवाँबाट मुक्त भइयो। हरिया रुखले फालेका स्वच्छ अक्सिजन लिन पाइने। घाइँघुइँ पनि नहुने। काठमाडौंमा चल्ने सवारीसाधनका चर्को आवाजले टट्टाएका कान चराचुरुंगीको मिठो सुसेलीले पवित्र जस्तै भए।
गोदाम छोडेपछि पानीको मूल पाइन्न। त्यसैले पानी आफैं बोक्नुपर्छ। हुन त जहाँसुकैको हाइकिङमा पनि पानी आफैंले बोके राम्रो हुन्छ। यसैगरी लगाउने लुगा पनि आरामदायी हुनुपर्छ। जुत्ता त हिँड्न सहज हुने लगाउनु नै पर्छ। पहिलोचोटि हाइकिङ गएका साथी सिताराम रिजालको नवजोडी छालाको जुत्ता र हाइहिलमा थिए। जसले उनीहरूलाई बाटोमा धेरै अप्ठ्यारो पार्‍यो।
बिहानको ब्रेक फास्ट खाएर हामी बिस्तारै उकालिइरहेका छौं। घाम झन् चर्किंदैछ। सबै असिनपसिन हुँदैछौं। तर उकालो लाग्दै गर्दा चिसो बढेकाले खासै गर्मीको अनुभव भएन हामीलाई। बिस्तारै बाटो नाप्दैछौं हामी। एकछिन हिँड्यो, कम्मरमा हात लगायो खुइ˜˜य सुस्केरा हाल्यो।
काठमाडौंमा हाइकिङ गर्ने चलन खुब बढेको छ। तर पनि यो रुटबारे कमैलाई जानकारी छ। हाइङिका लागि निकै उपयुक्त मार्ग छ यो। मोटर फाट्टफुट्ट चल्ने भएकाले घाइँघुइँ सुन्नु नपर्ने।
…मोटरबाटो पनि के विधि डरलाग्दा!' सहकर्मी सन्तोष शर्माले भने। हुन पनि यो बाटोमा गाडी तलमाथि केही भयो भने केहीको पनि अस्तु रहँदैन। हेर्दै डरलाग्दो! तर नेपालमा यस्ता बाटो धेरै छन्।
लालीगुराँस फुल्ने मौसममा वनै राताम्मे हुन्छन् यहाँ। झन्डै साढे १ घन्टा उकालो लागेपछि बल्ल तरपाय तरपाय बाटो आयो। अब चन्द्रगिरी भन्ज्याङसम्मै मोटरबाटो! खुट्टाले अलि राहत पायो। भन्ज्याङमा पुग्न अझै यहाँबाट १ घन्टा लाग्छ। लन्च लिने ठाउँ।
लौ, भन्ज्याङ आयो! भन्ज्याङबाट पूर्व काठमाडौं पश्चिम मकवानपुर। जिल्ला फरक। अन्चल फरक। यहाँबाट काठमाडौं र चित्लाङ दृश्य प्रष्ट देखिन्छन्। समुद्री सतहबाट १८ सय मिटर उचाइमा रहेको यो भन्ज्याङमा चन्द्रशमशेरको पालामा बनाइएका टहरा छन्। पानी परेका बेला ओत लाग्न सकिन्छ।
असिनापानी पर्ने मौसम। पश्चिमबाट बादल कालोनिलो भएर मडारिन थाल्यो। संकेत भारी वर्षा हुने छ। पानी बेस्मारी परे हामी बाटैबाट हाइकिङ छाडेर फर्कनुपर्छ। भन्दाभन्दै असिनापानी बर्सन थाल्यो। हामी एउटा पाटीमा ओत लाग्छौं।
चन्द्रशमशेरको पालमा बनाएको पाटी। तराईबाट काठमाडौं हिँडेर आउँदा राजामहाराजाको थकाइ मार्ने ठाउँ। यहाँ आएपछि १ घन्टा थकाइ मारेर राजाहरू काठमाडौं ओर्लने गरेका चित्लाङका स्थानीय बुद्धरत्न मानन्धर बताउँछन्।
पानी परेका बेला पारेर हामीले खाजा खायौं। खाइवरी सक्दा पानी रोकियो। अब हाम्रो यात्रा भालेश्वर अर्थात चन्द्रागिरीको डाँडोतिर। चिप्लो र हिलो बाटो। हामी भन्ज्याङबाट बायाँ लाग्दैछौं। झन्डै ३ सय मिटरचाहिँ डोजरले बाटो खनेको रहेछ।
अघिसम्म गर्मीले हपहपी बनाएका हामीलाई चिसो हावाले हान्दैछ। दायाँबायाँ के विधि फुलेका गुराँस! गज्जबको गुराँस घारी रहेछ।
हाइकिङमा साथीसाथीलाई उडाउन र मनका कुरा पोख्न कम्ता रमाइलो हुन्न। जुन मजा हामी लिइरहेका छौं। डोजरले खनेको बाटो सकेर हामी ढुंगैढुंगाको सिढी उक्लँदैछौं। यो ढुंगे सिढी बनाउन भौतिक तथा निर्माण योजना मन्त्रालयले १ करोड दिएको रहेछ। भालेश्वर चन्द्रागिरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तयार गरिएको बाटो हो यो। तर यसबारे खासै प्रचार नभएकोले धेरैलाई यो रुटबारे थाहा नभएको मानन्धरले बताए।
अघिसम्म कहाँ हो कहाँ देखिएका चुच्चा डाँडाहरू हामी भन्दा तल पर्दै गए। हामीमाथि देखिएका बादल तलतिर परिसके। जहाज त निकै तलबाट उडेको देखियो। माथि डाँडामा बसेर बादल तलतल कुदेका हेर्दा पनि रोचक लाग्ने।
उत्तरतिरका हिमाल पनि हामीबराबर लाग्ने। लगभग २२ मिटर उचाइमा आइपुग्यौं हामी। ढुंगा बिछ्याइएको घुम्तीघुम्ती बाटो पार गर्न झन्डै डेढ घन्टा लाग्यो। बाटोमा पानी पाइएन। बोकेर लगेको पानी सकिसक्यो। सबैलाई पानीले प्याकप्याक्ती बनाएको छ। अब १ लिटर फेन्टा र स्प्राइट मात्र छन्। अझै पानी पाउने ठाउँ पुग्न २ घन्टा लाग्छ।
भालेश्वर आइपुगियो। खासै मन्दिर छैन। ढुंगैढुंगामा पूजा गरेर भालेश्वरको मूर्ति स्थापना गरिएको छ यहाँ। चारैतिर सफाचट देखिने। हरर चिसो हावा लाग्ने। सिमसिम पानी परेकाले झन् चिसो बनाएको छ। एउटा बडेमानको ठुटोमा आगो बलेको छ। यो आगो सितिमिति निभ्दैन रे। यति अग्लो ठाउँमा कस्ले बाल्यो आगो?
भालेश्वरलाई महादेवका रूपमा पुज्ने चलन छ। यहाँ फागुपूर्णिमाको दिन भव्य मेला लाग्छ। फर्पिङ, चित्लाङ, चखेल, फाखेल, गर्जुधारा र नैकापका मानिस पूजाका लागि यहाँ आउँछन्। यहाँ आएर पूजा गरे मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ।
यस्तै काठमाडौं र मकवानपुरतिर लामो समय पानी परेन भने यहाँ आएर पूजा गर्ने चलन भएको मानन्धरले जानकारी दिए।
चन्द्रगिरी नाम कसरी रह्यो भन्ने रमाइलो किंवदन्ती छ। जब महादेवले समुद्र मैथुन गर्दा कैलाशकुट विष सेवन गरे। उनलाई विषले औडाह हुन थाल्यो। त्यसपछि उनले यहाँ आएर त्रिशुल गाडे। त्रिशुल गाडिएन। यहाँ चन्डाल गिरी रहेछ भनेर एकै पाइलामा गोसाइँकुन्डमा पुगे र त्यहाँ त्रिशुल गाडेर आफू कुण्डमा सुते। चन्डाल गिरी नामबाट पछि चन्द्रागिरी भएको भनाइ छ।
यहाँबाट पूर्व काठमाडौं देखिन्छ। पश्चिम मकवानपुरका पहाडी क्षेत्र स्पष्ट देख्न सकिन्छ। राति १२ बजे आएर हेर्ने हो भने त वीरगन्जमा गाडीको प्रकाश देख्न सकिने मानन्धरले बताए। यो ठाउँलाई प्रचारप्रसार गर्न सके नगरकोटभन्दा कम्तिको पर्यटकीय गन्तव्य बन्दैन। भन्ज्याङसम्म मोटरमा गएर पैदल हिँड्न सकिन्छ।
मौसमअनुसार यो रुटमा लालीगुराँस, काफल खान सकिन्छ। बाटोमा कालिज, बदेल, तित्रा, मृगसमेत देख्न सकिन्छ।
अब हामी ओरालो लाग्दैछौं। मातातिर्थ पुग्नुपर्ने। दुई बजे हामी ओरालो लाग्दैछौं। सुसेली हाल्दै, गीत गाउँदै। केही बेर ठाडै ओरालो झरेपछि सजिलो बाटो आयो। बाटोमा एकएक गिलास फेन्टा र स्प्राइटले मुख भिजायौं। चखेल आइपुगियो। यहाँसम्म गाडी आउँछन्। फाखेल, चित्लाङ र चखेलका तरकारी यही बाटो हुँदै काठमाडौं लागिन्छ। यो ठाउँलाई ८ नम्बर पनि भनिन्छ। रोपवे सन्चालन हुँदा हेटौडाबाट ८ नम्बरको स्टेशन हो।
घाम पश्चिम लागिसकेको थियो। हामी केही छिन आराम गरेर फेरि उही कंक्रिटको जंगलतिर लम्कियौं।

Monday, September 5, 2011

उटपट्याङ दाजुभाइ

रिमाल दाजुभाइले विकास गरेको वायरलेस कम्युनिटी सुरक्षा साइरनबाट ६० हजार घर लाभान्वित भइसकेका छन्
तपाइँ बस्दै आउनुभएको गाउँ, समुदाय वा टोल कति सुरक्षित छ? दिनैपिच्छे चोरी, लुटपाट, अपहरण र डकैतीका घटनाबाट हैरान त हुनुभएको छैन? आफ्नो घरमा चोर आएको थाहा पाएर पनि चोरको धम्कीले छिमेक वा पुलिसलाई खबर गर्न सक्नुभएको छैन कि। घरमा आगलागी भयो कता खबर गर्ने समस्यामा हुनुहुन्छ?
चोरी, लुटपाट, डकैती र आगलागीबारे सम्बन्धित निकायमा खबर गर्न अब सजिलो भएको छ। टोल, समुदाय वा गाउँवासी मिलेर वायरलेस कम्युनिटी सुरक्षा साइरन राखेपछि आपतविपतमा सजिलै सहयोग पाउन सकिन्छ।
लगभग १० देखि ४० घरधुरी मिलेर सुरक्षा साइरन राख्न सकिन्छ। त्यति महँगो छैन। २५ घरधुरी रहेको टोलका लागि ५० हजार रुपैयाँसम्म पर्छ। प्रतिघर २ हजार भए पुग्छ। साइरनको सहयोगले चोरी, अपहरण, लुटपाट र विभिन्न आपतविपतका बेला छिमेक वा सुरक्षा निकायबाट चाँडै सहयोग पाइने यसका आविस्कारक राम/लक्ष्मणप्रसाद रिमालले बताए।
राति होस् या दिउँसो चोरले घरमा ढोका खोलेको थाहा पाउनेबित्तिकै घरवालाले टोलमा साइरन बजाएर सहयोग लिन सक्छन्। …आफूलाई चोर हो भन्ने शंका लागे घरधनीले दिएको सुरक्षा कोड थिचेपछि टोलमा साइरन बज्छ र प्रहरी कन्ट्रोल रुममा खबर पुग्छ। अनि छरछिमेक र प्रहरीले तत्काल थाहा पाउँछन्,' रामले सुनाए, …उद्धार गर्न प्रहरी र छिमेकी तत्काल आउँछन्।' साइरनसँगै सिट्ठी र लाठी दिइन्छ।


उनीहरूले १ सय ४९ देशबाट यसको प्याटेन्ट लिइसकेका छन्। …हामीले बनाएको सुरक्षा व्यवस्था विश्वमै पहिलो हो,' रामले भने, …यसलाई १ सय ४९ राष्ट्रले मान्यता दिइसकेका छन्।'
रिमाल यसलाई नेपालभरि विस्तार गर्ने योजनामा छन्। अहिले काठमाडौं उपत्यका र बनेपामा मात्रै यो प्रविधि छ। बजार व्यवस्थापनको जिम्मा टेक्नोलोजी सेल्स प्रालिले लिएको छ।
टोलमा विपत परेको बेला तत्कालै प्रहरीले खबर पाउन् भनेर उनीहरूले प्रहरी कन्ट्रोल रुममा सेन्ट्रल कन्ट्रोल डिभाइस राखेका छन्। कुनै टोलमा विपत परेर दुईचोटि साइरन बजाएपछि प्रहरीकहाँ पनि खबर पुग्छ।
लगभग ४ वर्षको अध्ययनपछि यस्तो उपकरण बनाउन सकेको यी जुम्ल्याहा दाजुभाइको भनाइ छ। यसअघि उनीहरुले घर, पसल तथा सटर सुरक्षा यन्त्र बनाइसकेका छन्। त्यसले पसल वा घरमा चोरी हुन लागेको कुरा पसल/घरधनीलाई खबरमा दिन्छ। यसका लागि पसल वा घरमा मोसन सेन्सर वा डोर कन्ट्याक्ट सेन्सर राखिन्छ। उक्त सेन्सरले १० मिटर परसम्म मानिसको चाल समात्न सक्छ।

उटपट्याङ दाजुभाइ
नुवाकोट, मदानपुरमा कक्षा ८ मा पढ्दै थिए रामलक्ष्मण। बत्ती बालेर पढ्दै गर्दा एक रात झुपुक्कै निदाएछन्। रातभर बत्ती बलेको बल्यै। भोलिपल्ट आमाबाबुले बेस्मारी झपारेछन्।
धेरै दिनपछि दाजुभाइले एउटा जुक्ति निकाले। स्विचबाट एउटा डोरी ल्याएर सिरानमुनि राख्ने अनि स्विचनेर एउटा काठ राख्ने। जसले डोरी तान्दा स्विचलाई गएर हिर्काओस् र बत्ती निभोस्। उनीहरूले त्यसलाई प्रयोगमा ल्याए। नभन्दै यो सफल भयो।
जब उनीहरू सिरानीमा टाउको राख्थे डोरी तन्किथ्यो, स्विचमा गएर काठ लाग्थ्यो र बत्ती निभ्थ्यो। …कुनै घटना भयो भनेपछि यो किन भयो, यसको निराकरणको उपाय के हुन्छ भनेर खोजिहाल्थ्यौं। त्यसमा सफल पनि हुन्थ्यौं,' लक्ष्मणले भने, …आमा जहिल्यै पनि उटपट्याङ काम गरेको भनेर गाली चाहिँ गर्नुुहुन्थ्यो।'
२०५४ मा एसएलसीमा राम्रै अंक ल्याएर पास भए उनीहरू। कसैले शिक्षा पढ भने त कसैले विज्ञान, कसैले व्यवस्थापन। के पढे राम्रो हुन्छ भन्ने ज्ञान थिएन। त्यसैले गाउँको जान्ने सुन्ने एकजना अंकलले भनेको भरमा सरस्वती क्याम्पस ठमेलमा कमर्समा भर्ना भए। अहिले उनीहरुलाई लाग्छ– विज्ञान पढेको भए राम्रो हुनेरहेछ।
त्यतिबेला टंगालमा बस्थे उनीहरू। भुइँतलामा बसेको हुनाले घरबेटीले ट्यांकीमा पानी चढाउने जिम्मा उनीहरूलाई दिए। कहिले मेसिन बन्द गर्न बिर्सेर पानी खेर जाने, कहिले ट्यांकीमा पानी आधा हुँदै मेसिन बन्द गरिदिने। यहाँ पनि घरबेटीको गाली खानुपर्‍यो।
…सधै पानी तान्ने ठेक्का दिक्क लाग्यो,' रामले भने, …अनि पानी सकिएपछि तान्ने र भरिएपछि बन्द हुने उपाय खोज्न थाल्यौं।'
उनीहरूले ट्यांकीमा पानी भरिएपछि मेसिन आफैं बन्द हुने प्रविधि विकास गरे। यसले अर्काे समस्या ल्याइदियो– पानी सकिएपछि के गर्ने त? पानी कहिले सकिन्छ भनेर हेरिरहनुपर्ने भयो। पानी सकिएपछि मेसिन आफैं …अन' हुने प्रविधि पनि विकास गर्नुपर्‍यो! दाजुभाइले यसको पनि विकास गरे। माथि ट्यांकीमा पानी सकिएपछि आफंै मेसिन चल्ने र भरिएपछि आफैं बन्द हुने। मेसिनको नाम राखे– राम लक्ष्मण पानी तान्ने/बन्द गर्ने मेसिन। उनीहरु सबै कामको प्रयोग भाडा घरमै गर्थे।
आफ्नो घरमा पानी तान्न सजिलो भएपछि घरबेटीले बजारमा लगेर बेच्न सल्लाह दिए। व्यवस्थापन पढेकाले अलि अलि मार्केटिङको आइडिया थियो। घरघरमा यस्तो प्रविधि बेच्दै हिँडे। उनीहरुले पानी तान्ने मेसिनलाई ८ सय ८८ रुपैयाँमा बिक्री गरे।
...
सन् २००६/०७ तिर माओवादी सशस्त्र युद्ध चरमोत्कर्षमा थियो। सबैभन्दा सुरक्षा चुनौती काठमाडौंमा थियो। कसको घरमा को आउने, को जाने पत्तै नहुने। …पानी तान्ने पम्प फिटिङ गर्न जाँदा,' लक्ष्मणले भने, …उनीहरू सुरक्षासम्बन्धी उपकरण बनाउन सल्लाह दिन्थे।'
सरस्वती क्याम्पसमा आइकम सकिएपछि मीनभवनमा बिबिएस पढ्न थाले। खर्च बढ्न थाल्यो। अब पम्पमात्रै बेचेर खान पुग्दैन, अर्काे केही प्रविधि विकास गर्नुपर्छ भनेर घरमै इलेक्ट्रिकल इन्जिनियरिङका किताब पढ्न थाले। …कति रात त छलफलमै बित्यो,' रामले भने, …बिइको अनौपचारिक पढाइ घरमै सकायौं।'
उनीहरूले आफैं बसेको घरमा ढोका खोल्नेबित्तिकै घन्टी बज्ने व्यवस्था गरे। यसले समस्या ल्याइदियो। जो भित्र पस्यो, घन्टी बज्ने! घरबेटी ढोकामा हेर्न बाध्य हुन्थे। को चोर, को सज्जन! अनि उनीहरूले चोर चिनेर मात्रै घन्टी बज्ने प्रविधि विकास गरे।
खोलामा बाढी आउँदै छ भनेर अग्रिम जानकारी दिने यन्त्र पनि बनाए। तर, मूल्य र मार्केटिङको हिसाबले महँगो पर्ने भएकाले प्रभावकारी हुन नसकेको रामलक्ष्मणले बताए।
२००४ मा उनीहरूले नास्टमा अटो मकै छर्ने प्रविधि देखाए। मेसिन राखेपछि निश्चित दुरीमा आफैं मकै खस्थ्यो। छर्ने मानिस नचाहिने। मान्छेलाई बुझाउन र यसको लागत खर्च नै धेरै भएपछि किसानले किन्न नसकने अड्कल गरेर यो प्रविधिलाई अघि बढाएनन्।
उनीहरूले गोबरबाट बिजुली निकाल्ने, कोठा, हावा छान्ने प्रविधि विकास गरे। नेपाललाई लोडसेडिङमुक्त बनाउन सकिने प्रविधि समेत विकास गरेको उनीहरुको दाबी छ। …हामीले मात्रै गरेर नहुने,' रामले भने, …सरकारी साथ नपाउँदा धेरै आविस्कार खेर गए।'

के हो सुरक्षा साइरन?
यो समाजमा चोरी, अपहरण, लुटपाट आगजनी तथा दुर्घटनाको सूचना दिने एउटा यन्त्र हो। यसबाट मोबाइल वा टेलिफोनमा आफ्नो सुरक्षा कोड डायल गरेमा सुरक्षा निकाय वा छिमेकीलाई एकैचोटी जानकारी दिई तत्कालै सहयोग पाउन सकिन्छ।
यसका लागि टोलमा सबैले सुन्ने ठाउँमा साइरन राखिन्छ। कुनै घरमा आपत पर्‍यो भने उत्तर घरले सुरक्षा कोड एकचोटी डायल गरी छिमेकलाई बोलाउन सक्छ। पहिलोचोटी डायल गरेको ५ मिनेटभित्र पुनः डायल गरे प्रहरी कन्ट्रोल रुममा सूचना पुग्छ र सुरक्षाकर्मी उक्त ठाउँमा आइपुग्छन्।
यो घरमा आपत पर्‍यो, सहयोग गर्नुहोला भनेर आपत गरेको घर र घरधनीको नामसहित सदस्यहरूमा एसएमएस पनि जान्छ।

Friday, September 2, 2011

गिद्ध यात्रा

तस्बिर विकास कार्की

मध्याह्नको चर्काे घाम। नवलपरासीको गिद्ध खोलाभन्दा दक्षिणतिरको बसाबसाही भन्ने ठाउँमाथि आकासमा एक बथान गिद्ध घुमिरहेको छ। वरिपरि जंगल, बीचमा खाली मैदान। मैदानमा डुङडुङती गन्हाइरहेको गाईको सिनो। गिद्धहरू हुरहुरती आएर सग्लो सिनोमा थप्प बस्छन्। एकैछिनमा बाँकी रहन्छ, करङै करङ।
तपाईंलाई सुन्दै फोहोरी र दुर्गन्धित लाग्यो होला यो दृश्य। तर, यही दृश्यलाई गिद्धप्रेमीहरूको आकर्षक गन्तव्य बनाउन सकिन्छ भन्ने अभियानमा लागेका छन्, …रुट्स एन्ड सुट्स' नामक संस्था र स्थानीय ह्यापी फ्लाइट ग्रुप। गिद्ध संरक्षण गर्न ती समूहले असोज ८ गतेदेखि १० गतेसम्म गिद्ध संरक्षण महोत्सवको आयोजना गरेको थियो।
हामी कुरा गर्दैछौं, नवलपरासीको गिद्ध रेस्टुरेन्टको। जसलाई गिद्धको गतिविधि नियाल्ने थलो बनाउने प्रयास हुँदैछ। यस्तै प्रयास नवलपरासीको जटायु रेस्टुरेन्ट र पोखराको घाहाचोक गाविसमा यसअघि भइसकेको छ। अचेल यी गिद्ध संरक्षणमा क्षेत्रमा पर्यटक आउने क्रम विस्तारै बढ्दै गएको सम्बन्धित सञ्चालकहरू बताउँछन्।
नेपालमा गिद्ध लोपोन्मुख छ। त्यसैले सन् २००६ देखि संरक्षण अभियान सुरु भएको हो। यसका लागि स्थानीय बासिन्दाले गिद्धलाई चाहिने सिनो रेस्टुरेन्टलाई उपलब्ध गराउँछन्। गाउँलेले जनावर मरेपछि ह्यापी फ्लाइट ग्रुपलाई खबर गर्छन्। मरेको जनावर उठाउने जिम्मा त्यही गु्रपको हो।
गिद्धको संख्या १९९७ यता एकाएक घट्न थालेको थियो। संख्या घट्नुको कारण भने २००३ मा मात्रै पत्ता लाग्यो। रुट्स एन्ड सुट्सका राष्ट्रिय संयोजक मनोज गौतमका अनुसार …डाइक्लोफेेनेक' औषधि खाएर मरेका जनावरको सिनो खानाले गिद्धहरू मर्ने क्रम बढेको थियो। यो तथ्य फेला परेपछि नेपाल र भारतले यसमाथि प्रतिबन्ध लगाएका छन्।
नेपालमा आठ प्रजातिका ५ देखि ७ हजार गिद्ध पाइन्छन्। तीमध्ये चार प्रजातिका लोपोन्मुख छन्। पोखरामा आठैथरी गिद्ध पाइए पनि नवलपरासीमा सातथरीका मात्र पाइन्छन्।
गिद्धलाई स्वस्थ सिनो खुवाउन दुई वर्षदेखि नेपालमा गिद्ध रेस्टुरेन्ट खोल्ने क्रम बढेको हो। नवलपरासीकै जटायु रेस्टुरेन्टमा पहिले ३०/४० को संख्यामा आउने गिद्ध अहिले दुई सयसम्म पुगेको छ। यसैगरी दाङको लालमटियामा पनि सयौं गिद्ध घुम्ने गरेका छन्।
सन् १९९२ यता गिद्धको संख्या घट्दै गएर २००० सम्म पुग्दा भारतीय उप–महाद्वीपमा डंगर, सानो खैरो र लामोठुँडे गिद्धको संख्यामा ९५ प्रतिशत कमी आएको तथ्यांक छ। २००७ मा चार प्रजातिका गिद्धलाई संकटको सूचीमा राखिएको थियो।