Thursday, April 19, 2012

फस्ट डिभिजन

असार १७ गते। …यो रेडियो नेपाल हो,' प्रविण गिरीबाट बिहान सातबजेको समाचार सुन्नुहोस् …विद्यार्थीको फलामे ढोका मानिने एसएलसीको नतिजा आज प्रकाशित भएको छ।

अघिल्लो दिन आली काटेर र बेलुकी सापेको एक थुन्से मकैको भारीले होला बिहान अबेर सम्म निदाइएछ। ओछ्यानमै घाम छिप्पिसकेछ। …कान्छा, ओइ कान्छा उठ है चिया खान।' निन्द्रामै हुँदा आवज आयो। म झसंग ब्यूझेँ। हजुरआमाले पो बोलाउनुभएको रेहछ।
असार मास बिहान साढे पाँच बजे नै चरक्क घाम चर्केको। तलतल फाँटबाट कुहिरो घरतिर आउँदै थियो। म ज्यान तन्काएर आँखा मिच्दै तल ओर्ले। हजुरआमा बाहेक कोही हुनुहन्नथ्यो। …बाआमा कता जानुभो त?'
…बाउ बेसी गा'छ। आमा घासकाट्न। भोलीदेखि रोपाईं सुरु गर्ने रे। हजुरबा खेताला खोज्न जानुभएको छ,' हजुरआमाले ठूलो गिलासमा आधा भन्दा बढि चिया दिँदै भन्नुभयो। सानोमा मलाई चिया निकै मनपर्थ्याे। थोरै हुनेवित्तिकै रोइहाल्थेँ। त्यसैले हजुरआमाले मलाई चिया दिँदा गिलासमा धेरै राखेर दिने गर्नुभएको थियो। भन्नुहुन्थयो, …यो त चियाको फेदमै जन्मेको जस्तो।'
२०५७ सालको असार। एसएलसी दिएर बसेको थिएँ म। त्यतिबेला असारको दोस्रो वा तेस्रो सातामा एसएलसीको रिजल्ट हुन्थ्यो। आज रिजल्ट भयो कि भन्दै बिहान उठ्ने वित्तिकै सबैभन्दा पहिला रेडियो नेपालको समाचारमा सुन्थेँ। ला आज पनि भएनछ। भोली त होलाकी। म हप्तादिनदेखि यसै भन्दै घास काट्न जान्थेँ।
...
असार १७ गते। …यो रेडियो नेपाल हो,' प्रविण गिरीबाट बिहान सातबजेको समाचार सुन्नुहोस् …विद्यार्थीको फलामे ढोका मानिने एसएलसीको नतिजा आज प्रकाशित भएको छ। सिद्धार्थ बनस्थलीकी सुम्निमा सिंह प्रथम श्रेणीमा प्रथम भएकी छिन्।' पहिलो श्रेणीमा यति पास भए, दोस्रोमा यति र तेस्रोमा यति रेडियो नेपालबाट समाचार आयो।
घास काट्न जान करौती उध्याउँदै थिएँ ढुंगामा। …हजुरआमा हजुरआमा रिजल्ट भएछ नी,' दंग पर्दै सुनाए।
…हो र! ल बाउ आएपछि रिजल्ट हेर्न जान्छ,' भान्साबाट हजुरआमाले भन्नुभयो, …बरु त गौलेटो (बारी) गएर एक भारी घाँस ल्याइज।'
नाम्लो काधमा हालेर म घास काट्न हिँडे। एसएलसीको रिजल्ट आयो। आफू पास हुने की फेल हुने हो। पास भएपनि कुन डिभिजनमा हुने हो। घरमा त सबैले फस्ट डिभिजनमै पास हुने आशा लिनुभएको छ। सोच्दै म बारीमा पुगेँ। बाक्लो बन्सो भएको गह्र्रामा बसेँ।
हुन त मलाई रिजल्ट आएकोमा त्यति धेरै उमंग थिएन। किनभने मेरा दुइ दाजुले फस्ट डिभिजनमा पास गर्नुभएको थियो। उहाँहरु निकै पढ््नेमा गनिनुहुन्थ्यो। तर म नपढ्ने। कि एफएममा गीत सुन्थेँ कित रेडियो खोलेर बनाउन थाल्थेँ। तयसैले आमा दाइ र हजुरबाहरुसंगा यसले गरिखाँदैन। पढ्दैन। हलि हुन्छ भनेर भनिरहनुहुन्थ्यो। मलाई खुसुक्क आमाले सुनाउनुहुन्थ्यो।
बाको कुरा सुनेदेखि मलाई दिक्क लागेर आउँथ्यो। हामी बा सँग निकै डराउँथ्यौं। कहिले अगाडी पर्न नसक्ने। दाजुभाइमा झगडा पर्दा छुट्याउन पनि आमाले …बा'नामको अस्त्र फाल्नुहुन्थयो। …झगडा गर्छाै? बालाई भन्दिन्छु। त्यसपछि हामी दाजु भाइ भुतला भुतलगरेको भएपछि कुममा कुम मिलाउथ्यौं।
मलाई एसएलसीमा पास हुन्छु भन्ने थियो। किनभने मैले ४ सय ३३ नम्बर गेस गरेको थिएँ।
एकभारी घास ल्याएर गर्ल्याम्म मैले गोठ पछाडी हुत्याएँ। आमाले पनि एक भारी ल्याइसक्नुभएको थियो। बेसीमा गोरुलाई घास हालेर बा पनि आइसक्नु भएकोरहेछ।
…आमा भात खाम। म सातदोबाटे जान्छु। छोराहरुलाई फोन गर्न,' बाले भन्नुभयो। एसएलसीको रिजल्ट बुझ्न काठमाडौंमा फोन गर्नै पर्थ्याे। नत्र थाहा हुन्नथ्यो। काठमाडौंमा आफन्त हुनेले चाडै रिजल्ट थाहा पाउने अरुले त दुइतीन दिन पछि मात्रै।
मेरो पनि दाइहरु काठमाडौंमा भएकोले उहाँहरुले विहानै पत्रिका किनेर तयार भएर बस्नुहुन्थयो घरबाट फोन आउला र भनौला भनेर।
एक घण्टा हिँडेर फोन भएको ठाउँमा पुग्नुपथ्यो। तर त्यसको पनि भर हुन्नथ्यो। चर्काे घाम लागेको बेला प्रस्ट सुनिन्थ्यो फोन। हाम्रा गाविसमा एउटा मात्रै फोन थियो। अर्काे छिमेकी गाविसमा। एसएलसीको रिजल्ट आएको बेला त फोन गर्न पनि सोर्स फोर्स नै लगाउनुपर्ने। नत्र लाइनमा बस्नुपरे ४ घण्टासम्म बस्नुपर्थ्याे। कोही काठमाडौं फोन गर्ने कोही विदेश। कतिको बाहिरबाट पनि आउने। तर फोनसन्चालक बाको विद्यार्थी भएकाले सजिलै पाउनुहुन्थयो।
…तँ बेसी जा गोरु चराउन,' बाले लुगा फेर्दै कोठाबाट भन्नुभयो। मलाई आफ्नो रिजल्ट आफैले सुन्न मन थियो तर बाको अगाडी म सिधा हेरेर कहिल्यै दाहोरो कुरा गर्न सक्दिनथे। मनमनै आफ्नो पिडा लुकँए र मुन्टो हल्लाए।
बा सातदोबाटे जानुभयो। …त के भा'छस् होला त?' खाना खाँदै आमाले सोध्नुभयो।
…खै फेल हो की! बाको भनाइअनुसार,' बाले कहिल्यै पढ्दैन, बिग्रियो भनेर आमालाई सुनाउने भएकोले व्यंग्य गरेँ।
घरमा ब्ल्याक एण्ड ह्वाइट टिभी ल्याएको दुइ वर्ष भएको थियो। सोलार जोडेर टिभी चलाएक्ो भएपनि बा हुनुभ्एको बेला कहिल्यै धित मर्ने गरी हेर्न पायन्थ्यो। आज त उसएलसीको रिजल्ट आएको दिन अनि बा पनि घर नहुनुभएको दिन मैले टिभ िखोलँे। पुराना गीत दिइराखेको रहेछ।
…बेलुका बत्ती पुग्दैन। टिभी नखोल्,' हजुरआमाले फेरी कराउनुभयो। बा हुनुहुन्थ्यो। त्यसैले मैले टेरिनँ। …बा आएसी भन्दिन्छु अनि...'
म थुरुरु भएँ। रिसाउँदै बन्द गरिदिएँ।
…हिजो पनि गाबर फालेको छैन। गोरु फुकाउनु अनि गोबर फाल्नु, आमाले लोटाउँदै भन्नुभयो, …अलिकति सोत्तर पनि हाल है…हिजो पनि गाबर फालेको छैन। गोरु फुकाउनु अनि गोबर फाल्नु, आमाले लोटाउँदै भन्नुभयो, …अलिकति सोत्तर पनि हाल।'
म खुर्पेठ्याक बाँधेर बेसी जान तयार हुँदै थिएँ। बेसीमा आमा पनि नजाने बा पनि नहुने म उक्लै रमाइलो हुने भयो म दंग परेँ। एसएलसीको रिजल्ट भएको भनदा पनि बा बेसी नजाने हुनुभएकोमा खुशि लागेको थियो। गाली गर्ने कोही हुनुहुन्न। …अनि सुन् त बेुलुका दुइ मुठा घाँस हाल्दे। भोली बिहानलाई दुइ मुठा राखेर आइज,' फेरी आमाले निर्देशन दिनुभयो।
मलाई नी थाहा छ नी गोरुलाई के गर्नुपर्छ झनक्क रिस उठ्यो।
घरबाट बेसी जान लगभग ३० मिनेट लाग्थ्यो। आँपको बुट्टा चाहर्न थाले त १ घण्टा पनि। बाटेामा पर्ने सुपारे, विकासे, सिन्दुरेको बोटमा चढ्न थालेपछि समय गएको पत्तै हुन्नथ्यो।
सुसेली हाल्दै म ओराले झरेँ। …कान्छा एसएलसीको रिजल्ट सोध्न को गायो त?' बाटोमा काकाले सोध्नुभयो। 
…बा,' जवाफ दिएँ र दौडिएँ। अलि तल गए पछि हाम्रो फाँट पुरै देखिन्थ्यो। नारनटारी, विरौटो, रानाकोखेत, बाह्रबिसे लगायत आँखाले भ्याउन्जेल। खेतमा कसैले रोपाइ थालिसकेका, कोह्ी आली काट्दै गरेका। कसैले पानी हुलेका त कसैले मकै भाच्दै गरेका। टाटेपङ्ग्र थिए खेत।
ओरालो हिँड्दा म विस्तारै हिँड्नै सक्दैन थिएँ। खुरुरु, खुरुरु। यहिँ भएर आमाले भन्नुहुनथयो, …तँ कहिल्यै विस्तारै हिँड्न जान्दैनस् है। कुन्दिनमा पछारिएर मर्छ।'
…मरे के भो त! पढ्ने दुइ भाइ छोरा त छन् नी,' फेरी व्यंग्य गर्थेँ। 
झण्डै साढे १० बजिसकेको थियो। बाटोमा साहिलो हजुरबाको थियो। हजुरबा त आयसक्नु भएको रहेछ। …कान्छा गोठालो आइस्?'
…हजुर'
…अनि तेरो रिजल्ट भएको होइन? किन गोठालो आ'को त?' हजुरबाले प्रश्न गर्नुभयो। 
…हो। बा हेर्न जानुभएको छ,' म सुसेल्दै दौडिएँ।
 अलि पर पुगेपछि बाटो मुनि सिन्दुरे आपको बोट थियो। त्यो चाहिँ माइलो हजुरबाको। मगर केटाहरुले त्यो खान आउँदा म हजुरबाको भिटो पावर लगाएर गाली गर्थे। आज त कोही आइसकेका रहेनछन् कि क्या हो राताम्मे भएर पाकेका छन् आँप।
खुर्पेठ्याकबाट हसियाँ झिकेर ख्वाप्प रुखमा गाड्छु र उक्लन्छु। रुख हल्लेला र पाकेक ा आँप झर्ला कि भनेर विस्तारै हाँगा चाहर्दै थिएँ। अहिले नखाए त पछि गाउँले केटाकेटीले बाँकी राख्दैनन्। डाढे बानी। आँपका रस कुयनाबाट तपतपी चुहिँदैछ।
अब त गोरु फुकाउन ढिला हुन्छ। झण्डै ११ बजेको हुँदो हो गोठ पुग्दा। यसो गरालोबाट हेरेको बिहान बाले दिनुभएको घाँस खाएर गोरु ढसमस बसेका रहेछन्। म गएको देख्ने वित्तिकै जुरुक्क उठे। एकछिन बसेर ढोका खोले। गोटीले आज त के विधि गोब्य्राएछन्। फाल्नै दिक्क लाग्ने! दाम्लो फुकाले, दुवै बुर्कुसी मार्दै बारीतिर दौडिए।
दुइवटा गोरु मध्ये एउटाको नाम जोबाने अर्काेको फुर्के। जाबाने साधु थियो, फुर्के  चोर।
ह ˜˜˜ बा। बुर्कुसी मारेका गोरुलाई रोक्दै थिएँ। पानीले तिर्खाका पो रहेछन्। खोलामा गएर पान्ी खाएपछि खेतमा चर्न पसे गोरु। रिस उठेका बेला सुमला बस्ने गरी पिटेकाले होला गोरु फर्कि भन्दा फर्किने, हिँड भनदा हिँड्थे। 
खेतमा गोरु छोडेर गोबर फालेँ। फालिसकेर पातीको सोतर काट्न जाँदै थिएँ। बाटोमा सर्पले बाटो काट्यो। ला यतिबेला त बाले नजिता पनि थाहै पाइसक्नुभयो होला। म सेकेन्ड डिभिजनमा पास भएँ वा  फेल।  मेरो मन चस्स भयो। हत्त र पत्त मैले ढुंगा टिपेर हाने। सर्प त दूलो भित्र पसिसकेछ।
गोरुघारी तिर पस्यो। म चाहिँ फेरी आँपको बोटतिर आँखा डेलाउन। कोही खोला छेउमा कोही बनमा त कोही बारीको डिलमा आँपका रुख थिए। एक वर्ष एउटा फल्ने अर्काे वर्ष अर्काे। फेरी प्रायजसोमा ब्यागे हुन्थे। त्यसैले मानिस सित्तिमत्ति रुख चढेर खाने हिम्मत गर्दैन थिए। कि ढुंगाले हानेर कि झटारोले। कोही नहिँड्ने मौका पारेर म भने रुख चढेर हाँगा हल्लाउँथे।
गोरु ढुग्रन थाल्यो। पक्कै साहिँलो हजुरबाको गोरु देखे जस्तो छ। 
…ओइ। गोरु कता छ?' हजुरबाले भन्नुभयो, …जुध्ला है।'
…यतै छ,' हजुरबा नजिकै पुगेँ। चिलाउनेको फेदमा ठूलो ढुंगा थियो। त्यहाँ बाघचाल खेल्नलाई रेखा कोरको थियौं हामीले। कोही भेट भयो की बाघचाल खेलिहाल्ने। आज हजुरबासँग।
…के लिन्छस्? गाइ कि बाघ?'
…बाघ'।
हजुरबाले चाल्न सुरु गर्नुभयो। म पनि चानचुने थिइन। विस्तारै मैले गाइ खाँदै गए। उहाँले कोठा निकाल्न खोज्नु हुन्थ्यो म त्यसलाई विफल पार्थेँ।
 घडि थिएन। मैले पाइला नापे। असारमा ४ पाइलामा चार बज्थ्यो। …पोली पोली,' गोरुलाई पानी खान आग्रह गरेँ मैले। पानी पिएपछि गोरु उकालो लाग्यो। सायद उनीहरुलाई पनि थाहा हुन्छ होला अब गोठ जानुपर्छ। गोठमा गोरु बाँधेँ। र,  खेतमा घाँस काट्न हिँडे।
खेतमा मकै पाक्नै लागको छन्। कान्ला र डिलभरी काँस थियो। मेसै लाएर घास नकाटे भोली गाली खाने पक्का थियो। त्यसैले बाक्लो घाँस भएको डिलमा बसेर काट्न थालेँ।
यतिबेला सम्म बिर्सिएको एसएलसीको रिजल्टको घाँस काट्दै गर्दा याद आयो। म के भए होला! पहिलो श्रेण्ीामा पास त पक्कै भएको छु होला। अब के पढ्ने होला। कहाँ पढ्ने होला। काठमाडौंमै पढ्ने होला कि गाउँमै होला। दोस्रो डिभिजनमा पास भए बाले कति गाली गर्नुहोला। किनभने उहाँलाई मेरा तीन भाय छोराले नै फस्ट डिभिजनमा एसएलसी पास गरे भनेर समाजमा छाति फुलाउनु थियो। म सेकेन्ड डिभिजनमा पास भए। त्यो सान राखन पाउनुहुन्नथ्यो। घाँस काट्दै थिएँ। औला चसक्क भयो। केहीले टोके जस्तै। यसो हेरेको त माझी औलाबाट रगत आइरहेको थियो। यतिबेला चौथो मुठा पुगनै लागको थियो। मैले मकैको पात र चमरा भाँचे मुठा पर्‍याएँ।
घामले डाँडा काटिसकको थियो। खेतमा काम गर्नेहरु मकै र घास लिएर घर फर्कदै थिएँ। मैले दुइमुठा घाँस फुकाएर गोरुलाई हालँे र ढोका लगाएँ।
दायाँबायाँ पर्ने बुट्टयानलाई हसियाँले छप्काउँदै म घरतिर उकालिएँ। यसो हरेको साहिलो हजुरबा त हिँडिसक्नुभएछ।
म एक्लै घर लागँे। अब घर पुग्न ४५ मिनेट लाग्छ। बाटोमा घरमा जान लागेका थुप्र गाउँले भटिदै छन् उनीहरुले एउटै प्रश्न सोध्थे, …के भयो कान्छा रिजल्ट?'
म एउटै उत्तर दिन्थे, …खोइ!'
...
झिसमिसे भैसकेको थियो। बा खाटमा बसिरहनुभएको थियो। हजुरआमा खाना पकाउँदै। आमा बेलुकाको घासँदाउरा।
…कान्छा, ढिलो अँइस् नी,' आमा हाँस्नुभयो, …रिजल्ट सुन्न हतार भएन?'
…अँ। छैन।'
…के भईँ जस्तो लाग्छ?' बाले सोध्नु भयो।
…खै। कति जना पास भएछन्?' आफ्नो रिजल्टबारे भन्दा नी हाम्रो ब्याजमा कति पास भए भनेर सोधेँ।
…२४ जना'
…फस्ट डिभिजन नी?'
…६ जना'
म ढुक्क भए। ५ जानामा त म पक्कै पर्छु। किनभने स्कुलमा अलि जान्ने भनेर चिनिएका र एसउलसीमा राम्रो नतिजाको आस गरिएको हामी छ जाना मात्रै थियौं।
…के भएजस्तो लाग्छ?' फेरी बाले भन्नुभयो।
…आफू त नपढ्ने विग्रिएको मान्छे पाससम्म भएँ कि,'   बाले सधैँ बिग्रियो भनेर आमालाई गनगन गर्नुभएको रिस पोखे र व्यंग्य गरेँ। बा चुपचाप।
…हजुरआमा खाज खाम न,' भैले भनेँ।
…जा, भित्र मकै छ खा,' हजुरआमाले भन्नुभयो।
ठूलो गिलासमा मोही सारेर, मकै चपाँदै आगनमा बसेँ। 
…धेरै मकै नखा है भात खाने बेला हुन लाग्यो,' 
…आमा˜˜˜ अघि राख्न दिएको ल्याउनु त,' त्यो बाले हजुरआमालाई अह्राउनु भयो।
के होला! फेल भएछु कि क्या हो। केही राखेर मलाई गाली गर्न पो हो कि। म डराएँ।
…ला सबैलाई बाँड्' बाले एक पोका प्लाष्टिक दिनुभयो। 
यसो हेरेको त पाकेट भित्र ल्याक्टोफोन चक्लेट पो रहेछ। आधा त सकिसकेको। समायद बाले खुशि भएर रिजल्ट हेरे आउँदा बाटोमा भेटिएकालाई बाड्नु भयो होला।
हजुरबा आमा, बाआमा, काकाकाकीलाई चक्लेट बाँडे। तर अझै बाले म कुन डिभिजनमा पास भए भन्नुभएको थिएन। अब त मैले गेस गरिसकेको थिएँ। पक्कै फस्ट डिभिजन। नत्र त बाले चक्लेट ल्याउँदैल्याउनुहुन्न्थ्यो।
मेरो रिजलट थाहा पाउन बाले दिभरी यता र उता गर्नुपरेछ। सातदोबाटोमा फोन विग्रिउपछि दुयघण्टा लगाएर ढोला पुगनुभएछ। त्यहाँ पनि निकै भिड भएकोले दुइ घण्टा पछि मात्रै दाइहरुलाई फोन लागेछ। दाइहरुले बिहानै गोरखापत्र ल्याएर घरबाट फोन आउँछ भनेर तयारी अवस्थामा बसेका रहेछन्। 
भाइ फस्ट डिभिजनमा पास भएको खबर सुनेपछि उहाँहरु पनि खुशि हुनुभएछ।
रिजल्ट त थाहा भयो। अब फेरी मार्कसिटको चिन्ताले मलाई सताउन थाल्यो। कस्ले कति ल्यायो होला। म कतिऔं नम्बरमा पर्छुहोला। यस्तै सोच्दै थिएँ। …आइज भात खान,' हजुरआमाले बोलाउनुभयो। भान्सामा गएर चकटीमा बसेँ। आमाले दुइ चोइली भात दिनुभयो। कसैसँग बोल्ने आँट थिएन । सपासप खाए। अरुबेला टिभी हेर्ने तीब्र यच्छा हुन्थ्यो त्यो दिन मलाई केही गर्न मन लागेन।
अब थापाथली क्याम्पसमा नाम निकाल्छु, ओभरसियर बन्छु। त्यो भएन भने साइन्स पढ्छु, इन्जिनियर हुन्छु। ओछ्यानमा पुगेपछि यस्तै कुरा खेलाउँदै थिएँ कतिखेर भुसुक्कै निदाएछु।


3 comments:

SumAn said...

भाइ अत्यन्तै राम्रो ब्लग । मलाई नि एसएलसिको परिक्षा फल प्रकाशित भएको दिनको याद आयो । ब्लग अलि लामो भयो....

Anonymous said...

धेरै धेरै धन्यवाद कन्चन्! धेरै राम्रो लेख मार्फत् वास्तविक छणहरुको याद दिलाउने आफ्नै कथा, आफ्नै ब्यथा समेटियको, जतिपढे नि छोटो लाग्ने, बाध्यता, बिबसता ले भनु या सुनौलो भविष्यको खोजिको लागि शहर पस्नु अगाडिको, यथार्त गाउले जिबनको झलक दिलायकोमा!( यस्ता लेखहरु निरन्तर् पढ्न पाइरहने आशा सहित )<....> Ram Chandra Simkhada

Unknown said...

very good story.. Remembered the moment of SLC.... selection of word and feelings expressed in blog is fantastic. Really how touchy type or real nepali words. like a story...