Sunday, April 17, 2011

पानी पिउन नपाउँदा...


अघिल्लो शुक्रबार नै मलाई सहकर्मी दाइ अमृत भादगाउँलेले भन्नुभएको थियो, …अर्काे शुक्रबार १२ बजे दामन जाउ। दामी रिपोर्टिङ गरेर ल्याउ। त्यहाँ पर्यटक आकर्षित गर्न नयाँ प्याकेज ल्याइँदै छ अरे।' दामन २ चोटी त पुगेकै थिएँ। तर त्यहाँ रात बिताउने मेसो मिलेको थिएन। ठिकै छ, त्यहाँबाट देखिने पानारोमिक हिमाल, सूर्याेदय र सूर्यास्त हेर्न मन लागे पछि हजारौं रुपैयाँ खर्चिनु पर्छ। त्यसैले नयाँ वर्षको भोलीपल्ट त्यता जाने पक्का गरेँ।
लेख्ने विषय धेरै छन् दामनमा जानु अघि केही सोच त बनाउनै पर्‍यो मेरो दिमागमा यस्तै कुरा खेल्दै थियो। बाह्र बजे निस्कने भने पनि नेपालीको बानी न हो भनेको टाइममा त पक्कै कोही नआउलान्। एक त बज्ला नी! मैले यही सोचेर भनेको समय भन्दा एकघण्टा ढिलो कोठाबाट निस्कएँ। समयको पङ्चुआलिटी नभएका हामी। यदि समयको पङचुआलिटी भएको भए त संविधान पनि तोकेकै समयमा बनिसक्थयो होला। एक वर्ष समय थपेर सभासद्ले एक वर्षको भत्ता पचाउन पाउन्थेनन् होला।
एक बजे कोठबाट निस्कनु अघि सहकर्मी रामचन्द्र भट्टलाई फोन गरे उनले भने गाडी निस्कने अहिले सम्म कुरोकन्तो छैन। मैले सोचे सितापाइलाबाट कलंकी पुगुन्जेल त पक्कै गाडी आइपुग्छ। तर, कलंकी गएर बसेको सवा एकघण्टा वित्दा पनि आएन। कलंकीमा म यता र उता गर्दै बसे। म उभिएको देखेर पसलेले पनि शंकाले हेर्न थालिसकेको थियो। तैपनि गाडी गुड्यो भनेर फोन आएन।
धुलो धुवा अनि भिडभाडमा दिक्कै लाग्ने। मेचीदेखि महकाली, हिमालदेखि तराइसम्मका मानिस यही देखिने। अनेकन कुरा यही देख्न पाइन। एक हिसाबले त मजैपनि हो। तर घाममा टट्टिनु कम्ता गाह्रो हुन्न। भोक पनि लागिसकको थियो। खाजा खान होटलमा पसुँ फेरी गाडी आइहाल्ने पो हो की! म नखाइकनै सवा एक घण्टा कलंकी चोकमा उभिएँ।
बल्ल सवा दुइ बजे गाडी आयो। भित्र छिरेको प्राय चिनेकै साथी रहेछन्। गलल्ल हाँसे। म पनि हाँसिदिए। कोइस्टर गाडीको पछाडी सिटमा बस्नुको विकल्प थिएन किनकी सबै भन्दा पछि गाडीमा चढेको मै थिएँ।
काठमाडौंबाट कम्तिमा तीन घण्टा लाग्छ दामन पुग्न। हुन त ८० किलोमिटर मात्रै हो। तर बाटो घुम्ती नै घुम्ती। उकालो घुम्तीमा ४० किलोमिटर प्रतिघण्टा भन्दामा त गाडी कुद्नै सक्दैन।
बिहान भात खाएदेखि पानीको घुट्को सम्म पिएको छैन। नौबिसेबाट उकालो लाग्दै छौं। बानी बिग्रिएछ, मोटरसाइकलमा हिँड्ने बानी राम्रो पनि होइन। जहाँ जाँदा नि भुटुटुटु पार्‍यो हिँडिहाल्यो। त्यसैले लामो यात्रामा गाडीमा बस्यो की वाक्वाकी लाग्ने। हुन त पेट भोको भएर पनि यस्तो भएको होला पेट निमोठर आइसक्यो। भनुँ कस्लाई। नभनुँ आफूलाई गाह्रो पार्‍यो। अनि मैले भने, …कमसेकम गाडीमा पानी त राख्नु।' सबैले होमा हो मिलाए।
पालुङ पुगेसि म फेरी एक्लै कराएँ। खाजा खाने ठाउँमा रोकौं। हामी आफ्नै पैसाले खाजा खान्छौं। खान पाउने आशामा आएका होइनौं। आयोजक मध्ये एकले भने, …अब आधा घण्टामा त रिसोर्ट नै पुगिन्छ। त्यही पुगेर खाजा खाऔं।' मन मनै सोचेँ मरेपछि औषधि!
पालुङ् माथि गएर एकछिन गाडी रोकियो। तैपनि पानी छैन। पानी खान पिउन नपाए पनि हावा खाऊ भनेर रोकेका थियो। बल्ल चिसो हावाले वाक्वाकी लाग्न कम भयो। अनि गाडी भित्र छिर्‍यौं। लौ गाडीमा त पानी पो आएछ।
…कहाँबाट आयो?' मैले सोधेँ
पहिलयै गाडीमा थियो रे। तर टुरिष्टलाई बेच्न राखेका रे। पानी नदिँदै पत्रकार होटल पुगे पुगुन् भनेर हो की के हो कसैले पान्ी छ भनेर चुइक्क बोलेनन्। कस्तो अचम्म! पानीले प्याकप्याक हुँदा पनि पिउन नदिने। जहा पनि नरम बोलेर केह िनपाइने। आफ्नो रिस देखाउनै पर्ने। हाम्रो चलन! तर जे भएपनि पानी पिउन पाइयो। धन्य आयोजक!

1 comment:

SumAn said...

timi le driver lai haadai gali garau hoola bhanne malai lageko 6