Tuesday, April 12, 2011

स्वर्गको एक टुक्रा


करिश्मा मानन्धर
सिने क्षेत्रमा काम गरेको दुई दसकभन्दा बढी भयो । सुटिङमा धेरै ठाउँ गएँ । घुमेमध्ये सबैभन्दा रमाइलो ठाउँ हो- पोखरा ।
मलाई डुल्न अति मनपर्छ । समय पाउनेबित्तिकै साथीभाइसँग कतै न कतै घुम्न निस्किहाल्छु । चलचित्रकर्मीभन्दा बेग्लै सर्कलका साथीभाइसँग निस्कन्छु ।

दुई वर्षअघि अमेरिका जानुभन्दा पहिले पोखरा गएकी थिएँ । उताबाट फर्केपछि पोखरा जान पाएकी छैन । हतारिएकी छु बर्खा सकिएपछि त्यता जान्छु । पोखराका प्राकृतिक सम्पदा र लेकसाइड मलाई औधि मन पर्छ । लेकसाइडमा बेलुकीपख बियरको चुस्की लगाउनुको जस्तो आनन्द अन्यत्र मिल्दैन ।

काठमाडौको धुलो धुवाँ कोलाहल फोहोर र सवारी साधनको जामले दिक्क बनाएका बेला पोखरा जाँदा आनन्द लाग्छ । ड्राइभिङको सौखिन म । जब कारमा थानकोट काटेर ओरालो झर्छु तब मन रोमािाचत हुन्छ । थानकोटबाट तल लागेपछि देखिने दृश्यले मन रोमािाचत हुन्छ । त्यहाँबाट देखिने सुन्दर फाँट पहाडी भुवनोट र गाउँले जीवन देख्दा हामी भौगोलिक विविधताका धनी भएकामा गौरवबोध हुन्छ ।

गाडीमा साथीभाइबीच गफले फुट्ने हाँसोको पर्राले यात्रा रमाइलो हुन्छ । आफ्नै गाडीमा जाँदा जहाँ मन लाग्यो त्यहीँ रोकेर खानपिन गर्न पाइन्छ । राजमार्गको खानाले काठमाडौंको एकैनासे खानालाई बिसा्रइदिन्छ पनि ।

जब मलेखु पुग्छु प्रुाई र ग्रेभी माछाको बासनाले आँतै हरर बनाउँछ । मुख रसाउँछ । मलेखुमा रोकिएर माछा नखाई अघि बढ्नै सक्दिनँ । हुन त मलेखुमा तराईबाट माछा ल्याएर बेच्छन् भनेको सुन्दा दुःख लागेको छ । माछा र बियरको चुस्कीले जोकोहीको मन रमाउँछ ।

त्यहाँ अरु चिज पनि राम्रो सफा र हाइजेनिक पाइन्छ । चाहे भात होस् या तरकारी सबै स्थानीय बारीमा फलेका हुन्छन् । त्यसैले पनि हवाइजहाजमा भन्दा गाडीमा यात्रा गर्न मन लाग्छ मलाई ।

मलाई नेपालको पूर्वी भाग पनि निकै रमाइलो लाग्छ । इलामको चियाबगान त हेरेर कहिल्यै धित मर्दैन ।
नेपालमा पर्यटकीय गन्तव्य धेरै छन् । तर सरकारले वास्तै नगरेको देख्दा दिक्क लाग्छ । विदेशमा त हरेक ठाउँमा पर्यटक आकर्षित गर्न विभिन्न योजना र कार्यक्रम बनाइएको हुन्छ ।
मलाई जान मन लागेको ठाउँ रारा ताल हो । धेरै गुनगान सुनेको छु रारा तालको । राराको तस्बिर र वृत्तचित्र हेर्दा कल्पिन्छु- नेपालमा पनि यस्तो ठाउँ छ है ! किन सरकारले बेवास्ता गरेको होला
रारा मेरो अबको गन्तव्य । हिँडेर जानुपर्छ भन्ने सुनेको छु । हिँड्न डराउँदिनँ । जति पनि हिँड्न सक्छु । ुस्वर्गको एक टुक्राु भनेर उपमा पाएको रारा चाँडै जाने सोचमा छु ।

1 comment: