Tuesday, April 12, 2011

लोडसेडिङ छल्न चित्लाङ

प्राकृतिक सौन्दर्यसँग स्थानीय उत्पादनबाट बनेका परिकार ट्राउट माछा र बाख्राको चिज खाँदै घुम्न रमाइलो हुन्छ । कुलेखानीमा जम्मा हुने पानीको यो पकेट एरिया हो । सरोवर बनाउँदा नै गाउलेसँग कहिल्यै लोडसेडिङ नगर्ने सम्झौता भएको छ । त्यसैले यहाँ कहिल्यै लोडसेडिङ हुन्न

कलंकीचोक पश्चिम मोडिएर मोटरसाइकल हुइँकिँदैछ । अघिअघि काठमाडौंमा बालुवा झारेर फेरि बालुवा बोक्न दौडेका बडेमानका टिपर । बचेखुचेका बालुवा पनि उडाउँदै हतारिएको छ त्यो । पछिपछि मोटरसाइकल र गाडी हर्न बजाउँदैछन् । सायद यी साना गाडी चाहन्छन्- बालुवाको धुलो छलेर अघि बढौं । तर बाटो साँघुरो छ । धुलो खाँदै हिँड्न बाध्य छौं ।
दिक्कलाग्दो बाटो । कहिले थानकोट चौकी आउला हाम्रो चारजनाको टोली चित्लाङ उक्लने तरखरमा छ । धुलो र धुवाँले अनुहार फुस्रो भइसकेको छ । थानकोट चौकी पुग्दा नपुग्दै धुलाम्मे भयो शरीर ।
बल्ल आयो चौकी । यहाँबाट देब्रे मोडिएपछि कहिले पक्की कहिले कच्ची बाटो हुँदै गोदाम पुग्छौं । ुआहा कस्तो हिमाल खुलेकोु उत्तरतिर हेरेर सहकर्मी देवेन पाण्डेले भने ुयस्तो मौसममा खुलेको हिमाल !
गोदाम चित्लाङ छिर्ने मुख्य नाका । यहीँबाट चित्लाङ जाने जिप छुट्छन् । यति नै समयमा गाडी छुट्छ भन्ने छैन । भरिएपछि जतिबेला पनि जाँदोरहेछ । चित्लाङबासीको व्यापारिक केन्द्र पनि रहेछ गोदाम ।
गोदामबाट उकालो लाग्दैछौं हामी । हिँडेर जाने हो भने दुई घन्टा । गाडीमा एकदेखि साढे एक घन्टामा पुगिन्छ । तर मोटरबाटोले पैदलबाटो मासेपछि मानिस हिँडेर कमै आवतजावत गर्दा रहेछन् । हामीले हिँड्ने एकजना पनि भेटेनौं ।
उकालो कच्ची बाटो । कतै ग्राभेल गरेको त कतै गिर्खे बाटो । खत्र्याकखत्र्याक गर्दै मोटरसाइकल उक्लँदैछ । कहिले कुना कहिले छेउ । दाह्रा निस्केका ढुंगामाथि मोटरसाइकल चलाउन कम्ता सास्ती हुन्न ।
यो बाटोमा फोरह्विल गाडी मोटरसाइकल र ट्रकबाहेक केही जान सक्दैन । तलमाथि केही भयो कि एकैचोटि गोदाम आइपुगिने । ुसाहसिक र रमाइलो पनि उत्तिकैु सँगै गएका साथी सुमन लुइँटेल फिस्स हाँस्छन् ।
फेदीबाट एउटा चुच्चो देखिएको हिमाल त जति माथि उक्लँदै गयो त्यति फराकिँदैछ । ुयस्तो रेन्ज त देखेकै थिइनँु एकदर्जन भन्दा बढी हिमालको फेदी पुगेका देवेनले आश्चर्य माने । ुउः त्यो नुम्बुर गौरीशंकर दोर्जे लाक्पा लाङटाङ त्योचाहिँ माछापुच्छ्रेु पूर्वबाट पश्चिमसम्मको हिमशृंखला देखाउँदैछन् उनी । हुन पनि छुंग आकास खुलेका बेला त झन्डै दुई दर्जन हिमाल देखिन्छन् यहाँबाट ।
तुवाँलोले ढम्मिएको उपत्यकाभन्दा निकै माथि आइसकेका छौं । त्यसैले परपरका दृश्य निकै सफा र स्पष्ट छ । मोटरसाइकल रोक्दै फोटो खिच्दै उक्लँदैछौं हामी । भित्तातिर हरियाली जंगल । छेउमा हिमाल र उपत्यका !
निलो आकास । निकै खुलेको छ मौसम । घुम्ने मौसम पनि यही हो । फोटो खिच्न र हेर्न पनि रमाइलो हुन्छ यस्तो मौसममा । घ्याच्च ब्रेक लगाउँछौं । ुओहो लालीगुराँस पोु राताम्मे जंगल देखेर कराउँछु ।
बल्ल उकालो काटियो । भन्ज्याङमा केहीबेर बस्दैछौं हामी । यो भन्ज्याङबाट पूर्व काठमाडौं पश्चिम मकवानपुर । यही डाँडोले अन्चल सिमानाको काम गरेको छ ।
भन्ज्याङबाट साँच्चै राम्रा देखिन्छन् दुवै उपत्यका । यहाँबाट १५ मिनेटमा चित्लाङ पुगिन्छ । अबको बाटोचाहिँ राम्रो छ ।

चारैतिर अग्ला हरिया डाँडा । सुलुत्त परेको उपत्यका । हरियाली खेतका पाटा । बीचबाट कलकल गर्दै बगेको खोला । साँच्चै राम्रो छ मकवानपुरको चित्लाङ गाविस । बर्खामास शितल । हिउँदमा सफा स्वच्छ र न्यानो । यहाँको हावापानीको विशेषता हो यो । त्यसैले गर्मीमा शितलता लिन र जाडोमा घाम ताप्न उपयुक्त छ यो ठाउँ ।
काठमाडौंबाट पश्चिमपट्टिको चन्द्रगिरीको काखमा छ यो उपत्यका । सदाबहार जंगललॆ ढाकेको यो उपत्यका हल्ला धुवाँ धुलोमुक्त छ । सुन्दर शान्त र रमणीय । त्यसैले काठमाडौंको भीड धुलो र धुवाँबाट मुक्त भएर सप्ताहन्त मनाउन निकै राम्रो र उपयुक्त गन्तव्य हो चित्लाङ ।
जाँदा थानकोट चौकीसम्मको धुवाँ धुलो र कोलाहलयुक्त वातावरणले वाक्क बनाएपनि देब्रे मोडिएको केहीछिनमै शान्त र हरियाली वातावरणले मुहारमा चमक ल्याइदिन्छ र स्वागत गर्छ गोदामले ।

दिउसोको १२ बजेको छ । घाम चर्कंदैछ । टिका र खादा लिएर स्वागतमा उभिएका छन् गाउँले । पर्यटक आउँदा स्वागत गर्ने परम्परा हो उनीहरुको । चित्लाङ पर्यटकीय हिसाबले राम्रो सम्भावना बोकेको ठाउँ हो । त्यसैले गाउँले यो काममा जुट्न थालेका छन् ।

यहाँ चारपाँच महिना अघिदेखि होमस्टे साचालनमा आएको चित्लाङ सामुदायिक होमस्टेका अध्यक्ष राधाकृष्ण बस्नेत बताउँछन् । अहिले पाँच घरलाई होमस्टे तोकिएको छ । ुथप पाँच घरमा पनि साचालन गर्ने तयारी हुँदैछु बस्नेतले भने । एकचोटिमा ५० जनासम्म पर्यटक राख्न सकिने उनको दाबी छ ।
तरकारी खेतीका लागि ख्याति कमाएको यहाँ गाउँलेले आफ्नै बारीमा उब्जाएको कुरा खुवाउँछन् । ुशुद्ध परिकारसहितको स्थानीय पेय माछा र मासु खुवाइन्छु होमस्टेकी कोषाध्यक्ष हिरादेवी मानन्धर भन्छिन् ुसकेसम्म अग्र्यानिक खान खुवाउँछौं ।
समुद्री सतहबाट १७०० मिटर उचाइमा छ चित्लाङ । हामी उक्लँदैछौं नास्पाती फर्ममा । दुई सय रोपनी क्षेत्रफलमा लगाइएको छ नासपाती । फराकिलो चौर भएकोले पिकनिकका लागि पनि उपयुक्त छ यो ठाउँ ।
नासपाती फर्म घुमेर बाख्राको चिज कारखाना जाँदैछौं । बाख्राको दुधबाट चिज उत्पादन हुन्छ । आँखैले चिज बनाउँदै गरेको हेर्न पनि सकिन्छ या त आलो चिज किनेरसमेत ल्याउन सकिन्छ । यो केन्द्र नेपालको एउटै र पहिलो कारखाना हो ।
छ वर्षअघि खुलेको यो केन्द्र पहिले सहकारीको भएपनि गाउँलेले खासै चासो नदेखाएपछि अहिले अशोकिसं ठकुरीले चलाएका छन् । दिनको ४ किलो चिज उत्पादन हुन्छ यहाँ । प्रतिकिलो १२ सय रुपैयाँमा बिक्री हुन्छ । यसका ग्राहक काठमाडैंका तारे होटल भएको बस्नेत बताउँछन् । गाउँले र आफ्नै बाख्राबाट दुध संकलन गरी चिज उत्पादन गर्ने ठकुरी बताउँछन् । भन्छन् ुदुध ५० रुपैयाँ प्रतिलिटरमा बिक्री हुन्छ ।
यो गाउँलाई टिपिकल भिलेजका रुपमा विकास गर्ने दाउमा छन् गाउँले । ऐतिहासिक र सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने र पर्यटकलाई देखाउने होमस्टे समितिका सल्लाहकार बुद्धरत्न मानन्धर बताउँछन् । ुयहाँ आएपछि जेसुकै कुरामा पनि स्थानीय स्वाद दिन सकौं भन्ने छु उनले भने ुचाहे त्यो खानामा होस् या चालचलनमा ।
मकै कोदो फापर तोरी र गहुँ यहाँको मुख्य उत्पादन हो । त्यसैले यहाँ पुगेर बालीको परिकार खान सकिन्छ ।
कुनै समय तराई र काठमाडौं व्यापार गर्दा हिँड्ने बाटो हो यो । तर बाइरोड बनेपछि यो बाटो बन्द भयो । मानन्धरका अनुसार यो काठमाडौं छिर्ने मुख्य नाका भएकाले व्यापारीहरु बोकिएर पशुपति दर्शन गर्न आउँथे । एकचोटि यस्तै बोकिएर पशुपति जाँदै गरेको देखेर लक्ष्मीप्रसाद देवकोटाले चित्लाङको गुर्जुधारामा बसेर यात्री कविता रचेका थिए रे ! अहिले पनि यो धारा देख्न सकिन्छ ।
यही बाटो काठमाडौंमा पहिलोचोटि मोटर बोकाएर लगिएको थियो । त्यो बेला मोटरको रुप देखेका गाउँलेले झन्डै छ दसक पछिमात्र आफ्नै गाउँमा गाडी देखेको पूर्व गाविस अध्यक्षसमेत रहेका राधाकृष्ण बताउँछन् ।


हामी अब सात धारा जाँदैछौं । जाडोमा तातो र गर्मीमा चिसो हुन्छ रे यहाँको पानी । द्वापर युगमा सप्तऋषिले नुहाउने भएकाले यसलाई सप्तऋषि धारा पनि भनिन्छ ।
चित्लाङको नाम अशोक चैत्यबाट रहेको जनविश्वास छ । नेपालमा अशोक आउँदा बनाइएको चैत्यसँगै लहरै घर थिए रे । नेपाल भाषामा लहरै बनाइएको घरलाई लुङ भनिन्छ । चैत्य र लुङ सँगै भएपछि गाउँलेले यो टोलको नाम चैत्यलुङ राखे । पछि अपभ्रंश हुँदै चित्लाङ भएको होमस्टे समितिका सल्लाहकार मानन्धर बताउँछन्
अशोक चैत्यमा यक्ष र यक्षनीको मुर्ति छ । सँगै छ गुजुमुज्ज परेको पुरानो नेवार बस्ती । बुढाबुढी आफ्नै सुरमा घाम तापेर बसेका । ठ्याक्कै ललितपुरको घरजस्तै यहाँका घर । भुइँतला गोठ दोस्रो तला सुत्ने र माथिल्लोमा भान्सा ।
एकै दिनमा घुमेर सकिन्न चित्लाङ । घुम्नै धेरै ठाउँ छन् । चन्द्रगिरी भार्लश्वर अशोक चैत्य स्वच्छन्द भैरव तलेजु भवानी सातधारा नयाँ पौवा गोपाल बस्ती इन्द्रसरोवर र भेडा फाम ।
भेडा फाम यहाँ अर्काे रमाइलो ठाउँ हो । जेठअसारमा जाने हो भने हरियो तरेली परेको जग्गामा बाख्रा चरेको दृश्यले मन हरहराउँछ । कुलेखानी सरोवर हेर्दै यहाँ बस्दा निकै आनन्द हुन्छ । यहाँ आएर ड्राई पिकनिकसमेत गर्न सकिन्छ । गीत वा फिल्मको सुटिङ गर्न पनि रमाइलो ठाउँ छ ।
चित्लाङको अर्काे विशेषता- यहाँ कहिल्यै लोडसेडिङ हुन्न । त्यसैले लोडसेडिङबाट दिक्दार हुनुभएको छ भने यहाँ आएर प्रुेस हुन सकिन्छ । रचनात्मक काम गर्न सकिन्छ ।
कसरी जाने
काठमाडौंको गोदामबाट जिप पाइन्छ । यसले साढे एक घन्टामा पुर् याउँछ । प्रतिव्यक्ति ८० रुपैयाँ लाग्छ ।
के-के लैजाने
न्यानो कपडा क्यामरा टोपी सन कि्रम बाटोमा आफूलाई खान चाहिने खाजा ।
बस्न कति लाग्छ
एक जनालाई होमस्टेमा बिहान नास्ता खाना खाजा बेलुकीको खाना र सुत्न एक हजार । अरु खाने र रमाइलो गर्ने हो भने थप रकम बोक्नुपर्छ ।

1 comment:

SumAn said...

sachhai ramailo thaun 6 ek choti ghumna janus