Wednesday, April 20, 2011

आफ्नै ज्यानको माया!

मानिस कति स्वार्थी हुन्छन्? त्यो कुरा आफैलाई थाहा हुने कुरै भएन। फेरी म यति स्वार्थी छु भनेर नाप्ने यन्त्र पनि अहिलेसम्म बनेको छै न। तर यसको मापन भने अरुले गर्छन्। अरुको त के कुरा आमा त स्वार्थी हुन्छन् भन्छन्। यसै विषयमा एउटा व्यंग्य समेत रचिएको छ।
अगेनाको छेउमा एक हप्ते बालक काखमा राखेर आमा तेल लगाउन दिने। त्यतिबेला बच्चोलाई तलमाथि केही भयो भने आमाको आँशुको भेल एक हप्तासम्म रोकिन्न। उनी त्यही बच्चाको विलौनामा पागल समेत हुन सक्छिन्। उनको यो मायालाई त मान्नै पर्छ। किनकी त्यति धेरै माया त्यो बच्चालाई न बाउले गर्छन् न त आफन्तले नै। अरु कसैले गर्दैन। यो सत्य कुरा हो।
तर तेल लगाइरहँदा कसैले बच्चा र आमा दुबैको काखमा एकएकवटा कोइला हलिदियो भने के गर्लिन् त ति आमाले? सामान्य छ, पहिले बच्चाको काखमा परेको कोइला हटाउनेछिन्। तर त्यस्तो हुन्न रे। पहिले आफ्नो काखको कोइला हटाएर मात्रै बच्चाको काखको कोइला हटाउँछिन् रे।
यो कुरा त सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ। यो कुरा कसैले देखेको छैन। न त यसबारे कसैले रिसर्च नै गरेको छ। केबल पहिले पहिले महिलाहरूलाई डोमिनेन्ट गर्न यस्तो पनि भनिएको हुन सक्छ।
तर एउटा कुरा के हो भने जो सुकै होस् पहिले आफ्नो स्वार्थ हेर्छ बल्ल अरुको। यो त देखिँदै आएको हो।
यो प्रसंग किन जोडिएको भने मैले काठमाडौंमा दिनकै देख्दै अँएको कुरासँग मेल खान्छ। काठमाडौंमा निकै जाम हुन्छ। बाटो काट्न पनि मुश्किल हुन्छ। बाटो साँघुरो छ। मानिसहरू आफ्नै सुरमा हिँड्छन्। हिँड्नलाई न व्यवस्थित फुटपाथ छ न कुनै वैकल्पिक बाटो नै। गाडी र मानिस हिँड्ने एकै ठाउँ हुन्छ। यतातिर सरकारले कुनै वास्ता गरेको छैन त्यसैले त दुर्घटनाको संख्यामा बृद्धि भएको छ।
सबैभन्दा विजोग स्कुल जाने र स्ुकलबाट घर फर्कने बेला देखिन्छ। कति भायबहिनलिाइृ आफ्ना प्यारेन्टस् स्कुलसम्म लिन जान्छन् र हात समातेर घर लैजानछन्। त्यसो गरेको बच्चालाइृ सुरक्षित घर पुर्‍याउन गरिएको रे। यो कुरा मलाई त पत्यार लाग्दैन।
अफिस समयमा नै स्कुल पनि खुल्छ र छुट्टि हुन्छ। सवारीसाधनको भीड पनि त्यही बेला हुन्छ। मानिसहरूको भिड पनि त्यस्तै हुन्छ खचाखच। यस्तो बेला बालबालिकालाई झनै गाह्रो हुन्छ। आफ्नो प्यारेन्टस्को हात समाउँदै हिँड्नुपर्छ। मलाई अचम्म के लाग्छ भने यस्तो बेला सडकमा के के न वितेको जस्तो गरि हुइयँ मोटरसाइकला आउँछन्। मानौ सडकमा हिँड्ने बटुवालाई पनि लतारुँ। यही साइडमा बालबालिकाको हात समातेर प्यारेन्टस् हिँड्छन्। उनहिरूले यो सोच्दैनन् कि आफू सडक पट्टि हिँडु र बच्चालाई भित्रपट्टि पारुँ। बच्चा हिँड्दा यताउता गरेर हिँड्छन्। यदि हुँइकिएर आएको गाडीले लछार्‍यो भने त ज्यानै समेत जानसक्छ।
प्यारेन्टस्लाई आफ्नो ज्यानको कति माया लागेको होला। आफु सडकपट्टि हिँडेर नानीहरूलाई भित्तापट्टि हिँडाए त हुन्थ्यो नी। के गर्ने सबैलाई आफ्नै ज्यानको माया!

No comments: