Thursday, December 8, 2011

उनीलाई सम्झिरहेँ

दिउसो धुम्म परेको थियो। बिहान जाडो भएपनि दिउसो अलि न्यनो नै थियो। म चाबहिलबाट अफिसतिर बत्तिदै थिएँ। गौशाल चोकमा आएसी जाम पर्‍यो। मैले साथीलाई फोन गरेँ।
…हेलो, तिमी कहाँ छ्यौं?'
…म गौशाला।'
…ए म पनि यतै पो छु त। भेट्ने हो?' मैले भनेँ।
मलाइ त अलि टाइम लाग्छ। कुर्ने हो?
हा हा हा तिम्रो लागि म कुरिहाल्छु नी।
उनी मस्तले हाँसिन्।
५ मिनेट है।
मैले हेल्मेटमै मुन्टो हल्लाइदिएँ।
.....
साथी त कुर्नै पर्‍यो। कता गएर कुर्ने। ५ मिनेट त हो। जे  पर्ला पर्ला म द्वारिका  होटलको ठीक अगाडी साइड लागेर बसेँ। काठमाडौंमा के विधि जाडो बढेको, के विधि गाडी गुडेका र त्यत्तिनै पोलुटेड पनि हुँदै गएको। मेरो नाक र आँखा पोल्न थालेपनि म सोच्दै थिएँ। काठमाडौं त बस्ने ठाउँ नै होइन।
जे भए पनि मेरो मैदी नै ठिक छ।
यत्तिकैमा म सडकमा हिँडेका भलाद्मी देखि ट्यापे सम्म र युवती देखि युवालाई हेरिरहेको थिँा टाइम पासको लागि।
यत्तिकैमा अगाडीको गल्लीबाट एक महिला र दुइ युवती फुत्त निस्किए। मैले हेरेँ। एक जना युवतीको कपला जङ्ग्रङ्ग भएको। मलिनो अनुहार। हिँड्न पनि नसकेजस्तो। विक्षिप्त  अनुहार। मैले सोचेँ पक्कै विरामी भएकी हुनुपर्छ।

सँगैकी युवतीले हिँडहिँड भनेर मइतिर समातेर ल्याउँदै थिई। अचानक ती कपाल जिङिग्रङ्ग भएकी युवतीसँग आँखा जुध्यो। अर्की युवतीलाई च्याप्प समातिन् र मबाट ओझेल पर्न लागिन्। तर विचरीले सकिनन्। किनकी छेलिएन। मलाई हेर्न अप्ठ्यारो लाग्यो। आँखा अन्तै डुलाएँ।
तर फेरी त्यसपछि उनी यस्तरी तर्सीन् कि एक्कासी पछि हटिन्। डराउँदै कुना कुना लागिन्। मलाई अचम्म लाग्यो। विचार गरेको अरु केटा मान्छेसँग पनि यस्तरी नै तर्सिदै छिन्। किन उनी जो देखे पनि तर्सिएकी होलिन्। मबाट पछि परे उनीहरु।  मैले पनि दुइ जना माथि शंका लागेर पछाडी फर्केर हेरेँ। अलि पछि पुगेपछि ती  महिलाले अर्की युवतीलाई भनिन्, …अलि विस्तारै लैजाउ है। म यतैबाट लागे।' अर्कीले भनी, …हुन्छ हस्।' महिला बौद्धमो निलो माइक्रो चढेर गइन्।
युवतीले हात समातेर लइन्।
...
मलाई त्यो दृश्य देखेसी मनमा चसक्क भयो। किन होला केटा मान्छे देखेसी ति युवी झस्केकी होलिन्। के रोग थियो होला? कि कतै ति युवतीलाई दुइ जनाले मिलेर कतै जबरजस्ती धन्दामा त लगाएका थिएनन्?
यदि त्यस्तो गर्न नमानेर  जबरजस्ती गरेपछि तिनी विक्षिप्त भएकी होइनन्। मनमा अनेकन् कुरा खेलिरह्यो। आखिर मैले के गर्न सक्थेँ र। न पुलिसलाई गएर भन्नु न त कतै उजुर गर्न सक्नु वा न म आफैं गएर सोध्न सक्नु।
बाटोमा दुय युवती हिँडेको देख्दा पनि तिनै युवती झस्किएको याद आइरहेको  छ।

1 comment:

SumAn said...

boys phobia bhaye ko hoola ni ta kanchan sir