हिउँको डसना, हिउँको सिरानी र हिउँकै ओढ्ने। धेरैचोटी ओढिसके उनले। कसैले कपासको सिरक, डसना दिए भने त्यसमा त रातभरी निन्द्रा पर्दैन रे उनलाई। खुला आकाशमा सुतेर १३ वर्ष बिताइसके पेम्वा शेर्पा, ४१, ले। भन्छन्, …सधैँ यसैगरी सुत्ने बानी परिसक्यो।'
पहाड या हिमाली भेगमा पदयात्रा गर्दा बोक्ने उनको काम। दोलखाको रमणिय उपत्यका जिरीका यि शेर्पा भरिया बनेर हिँडेको एक दशक बढि भैसक्यो। यो अवधिमा आफुसँगै गएका विदेशी कता पुगिसके, गाइडले बजारमा घर ठड्याइसके, उनको भने दिनदिनै तालु खुइलिँदै छ। नाम्लोको डाम गहिँरँदै छ। …हेर्दाहेर्दै यही पेसा गरेर कति शहर गए,' उनले दुखेसो पोखे, …आफ्नो त कर्मै उस्तै।'
६ जनाको परिवारमध्ये श्रीमती एङ्डोमा जिरीमा होटल चलाएर बसेकी छन्। ३ छोरी सरकारी विद्यालयमा पढ्छन् भने एउटा छोरा गुम्बामा। भारी बोक्ने सिलसिलामै भेटिएका विदेशीले छोराछोरीलाई लगेर पढाइदिन्छु भनेर धेरै आश्वासन पनि दिए। नेपाली नेताले चुनावमा भोट माग्न जनतालाई आश्वासन बाँडे जस्तै भो उनलाई। भन्छन्, …भारी बोकुञ्जेल खुशी पार्न त्यस्तो भन्दारै'छन्।'
अध्ययनको कमी, बेरोजगार बस्नुपर्दाको पिडा र साथीभाइको लहैलहैमा २८ वर्षे लर्के जोवनमै उनी भरिया बनेका। त्यति मात्रै होइन, सगरमाथाको प्रवेशद्वार जिरी भएकाले पर्यटकको आउजाउ हुन थालेपछि पैसा कमाउने राम्रो मेलो हुनसक्छ भनेर पनि …पोटर' बनेको हुँ भन्छन्। …ममा आँट र बल थियो। परिवारमा पनि हातमुख जोर्नै गाह्रो थियो', उनले पुराना दिन सम्झे …त्यहि भएर भारि बोक्न हिँडेको।'
उनी पहिलो ट्रेकिङ रामेछापको दूधकुण्ड गएका थिए। आठ विदेशीसहित गाइड आङछिरिङको पछि पछि। …गुम्देल, थताङचेली, जुमबेसी, लम्जुरहु्ँदै भण्डारा र फेरी शिवालय निस्केका थियौं,' उनले सुनाए, …पहिलोचोटी त रमाइलै भयो। नदेखेको ठाउँ देख्न पाएँ। र, पैसा पनि कमाएँ।'
पहिलो चोटी ३० किलोको भारी बोक्दै उकालिएका। युवा जोश। चञ्चले मन। जागिर पनि नपाएको झोक र घरमा कचिंगलो। जे पर्ला भनेर भरिया बनेका। …त्यो बेला सब्जी बोकेको थिएँ,' उनले भने, …निकै हलुका लाग्यो।' ट्रेकिङमा पहिला भारी गह्रौं भएपनि पछि सामान घट्दै जाँदा हुलुका हुँदै जान्छ।'
उनी नेपालका धेरै ठाउँ डुलिसके। आफ्नै पैसा र सोखले होइन, अरुको पछिपछि लागेर। माथिल्लो डोल्पा, मनास्लु, लाङटाङ, धौलागिरी, मुलापास, सगरमाथा आधारशिविर मुख्य ट्रेकिङ रुटमा भारी बोके।
भारीसँगै धरैलाई सकुशल उचाइमा पुर्याए। तर उनको जिन्दगी जहाँको त्यही छ। पढ्न नपाएको दुखेसो छ्, …गरिबी र अशिक्षा नै कमजोरी भए। अक्षर मात्रै चिन्न सकेको भए केही हुन्थ्यो की!'
पहिलोचोटी भारी बोक्दा दिनको १ सय पचास रुपैयाँ ज्याला थियो। त्यो पाउँदा नी उनलाई केके न पाए जस्तै भएको थियो। …सितिमिती पैसा छुन त के देख्न समेत पाइन्नथ्यो,' पुराना क्षण सम्झन्छन्, …आफैले पैसा कमाउँदा निकै खुशि लाग्यो।'
आज समय फेरिएको छ। महँगी चुलिँदो छ। अचेल दिनको १ हजार रुपैयाँसम्म कमाउँछन्। …जे छ त्यसैमा रमाएको छु,' उनले भने, …मान्छेलाई जति पैसा भए पनि पुग्दैन। खान लाउन मजाले पुगेको छ,' आनन्दको सास फेर्छन्, …त्यो बेला सस्तो थियो जे सामान पनि। अहिले महंगी छोइ नसक्नु छ।'
१३ वर्षको अवधिमा ५० पटक भन्दा बढि समय भारीलाई पिठ्युँमा हालेर उकाली ओराली गरिसके पेम्बा। एक सिजनमा दुइदेखि चार पटकसम्म भारी बोक्न भ्याउँछन्।
ट्रेकिङमा जाँदा पोटरले ज्यानको माया मारेर हिँड्नुपर्ने बाध्यता छ। गएको सिजनमा मुलापास जाँदा। …तीन दिनसम्म हिउँमा हिँडको हिड्यै,' कुर्कुच्चाको सेतो भाग देखाउँदै उनले भने, …हिँउले खाएको खुट्टा।'
ट्रेकिङ जाँदा आँखै अगाडि साथीको खुट्टा हिँउले खाएर काट्न परेको देखेका छन् उनले। यसपाली आफ्नो हालत पनि त्यस्तै हुने हो कि भन्ने मनमा निकै डर थियो। …धन्न मेरो खुट्टालाई केही भएन। म्याग्दीको बेनीमा आएर दवाइ गरे,' पेम्बाले भने, …तोरीको तेल लगाएर मालिस गरेपछि ठिक भो,। नत्र मेरो जहानले दुःख पाउथे।'
हिँउमा भारी बोकेर हिँड्नु चानचुने कुरा होइन। राम्रो जुत्ता नलगाउँदा चिप्लने डर त्यत्तिकै हुन्छ। सस्तो कपडाको जुत्तामा हिँड्नु त जोखिम मोल्नु नै हो। प्रायः गोल्डस्टार जुत्ताको भरमा हिँड्छन्। …जुत्तामा हिँउ पसेर पग्लिन्छ र खुट्टा खान्छ। के गर्ने हजुर महंगो जुत्ता किनेर लाउन सकिन्न,' दुखेसो पोख्छन उनी।
भारी बोक्नेहरु हेपिन्छन्। पोटर बिना ट्रेकिङ अपुरो हुन्छ भन्ने सम्भि्कन्नन् गाइड र पर्यटक। पेम्बालाई पनि यसैमा दुःख लाग्छ। …राती सुत्न न राम्रो ओढ्ने दिन्छन् न त स्लिपिङ व्याग नै।' धेरैपटक एउटा कम्बलका भरमा आकाशमुनि रात कटाएको अनुभव छ पेम्बासँग। …उनीहरुको सामान बोकेर गन्तब्यमा पुर्याउने त हामी नै हो नी,' पेम्बा जोसिन्छन्, …तर, हामीलाई तेस्रो दर्जाको जस्तो व्यवहार गरिन्छ। खाना समेत पेटभरी पाइन्न।'
हिँड्दा–हिँड्दा जीवनमा धेरै मानिसको संगत गरिसके उनले। कतिले विदेश लाने आश्वासन दिए त कति महिलाले विहे गर्ने। कतिले गाली गरेका छन् कतिले माया। भन्छन्, …मैले भिन्ना भिन्नै मानसि देखेँ। मन हुनेले त टन्नै पैसा पनि दिएका छन्। तर नहुनेले त गाली।'
कसैले जुत्ता, ज्याकेट दिन्छन त कसैले पैसा। ट्रेकिङ अनुभव यस्तै छ उनको। …एकै चोटी ३६ सय सम्म टिप्स पाएको थिएँ,' अनुहारमा खुशिको भाव प्रष्ट देखिन्छ, … यो नै जीवनमा आएको ठूलो टिप्स हो, अष्ट्रलियाको ग्रुपले दिएको।'
काम गर्दै जाँदा दिक्क नलाग्ने त होइन, तर पनि जहानको मुख हेरेर भारी बोक्नै पर्ने बाध्यता छ। …अरु काम गर्न सीप छैन,' उनी भन्छन्, सकुञ्जेल भारी बोक्छु।'
ट्रेकिङमा कमाएको पैसा धेरै फारु नुहने अनुभव छ पेम्बाको। …साथीभाइ हुन्छन्। जीउ दुखेको हुन्छ। दुःख र जीउ दुखाई मेटाउन पिउ भन्यो कहिलेकाही पेसा नै बाँकी रहन्न,' उनी भन्छन्।
भारी बोक्दा स्वस्थ्य जोखिममा पर्छ। हिँड्दा टाउको दुख्ने र शरीर गल्ने हुन्छ। तर सँगैका समूहले …हेल्प अप' गर्ने भएकाले चिन्ता हुँदैन। …एक चोटी मेरो आँखा नै बन्द भएको छ,' घटना सुनाउँछन्, …चश्मा नलागाइ हिमाल चढ्दै थिएँ। हिउँ टल्केर आँखामा पर्यो। आँखा तिरमिराएर डम्मै भयो। म त्यही लडेँ।'
4 comments:
http://genericpillshq.com/#viagra-online | [url=http://genericpillshq.com/#viagra-online]buy viagra online[/url] | cheap viagra
[url=http://buyaccutaneorderpillsonline.com/#8278]order accutane[/url] - accutane online without prescription , http://buyaccutaneorderpillsonline.com/#11564 buy cheap accutane
[url=http://buyaccutaneorderpillsonline.com/#5569]order accutane[/url] - cheap accutane , http://buyaccutaneorderpillsonline.com/#960 accutane no prescription
[url=http://buyonlinelasixone.com/#6630]lasix online[/url] - generic lasix , http://buyonlinelasixone.com/#11331 buy lasix online
Post a Comment